Saturday, December 2, 2017

परदेशी युवाको बास्तविक पिडा, संगै बस्ने सपना पुरा भएन (भिडियो हेर्नुहोस्)

 

परदेशी युवाको बास्तविक पिडा, संगै बस्ने सपना पुरा भएन (भिडियो हेर्नुहोस्)
काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीत परदेशीको बिलौना सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रियजन राई र गायिका तथा मोडल ऋतु कोईरालाको स्वरमा सजिएको पुर्वेली लोकभाकामा रहेको उक्त गीत सार्वजनिक भएको हो ।

नेपाली गीत संगीतको उत्पादनसँगै प्रतिभाहरुलाई उचित स्थान दिने भरपर्दौ कम्पनीको रुपमा परिचित छ पुर्वेली जुनतारा म्युजिक प्रा.लि. । यही कम्पनीबाट सार्वजनिक भएको परदेशीको बिलौना बोलको उक्त गीतको शब्द नर बहादुर राई र देव झिंगु पुलामी मगरले लेखेको हुन् भने प्रियजन राईले संगीत गरेका छन् । संगीतकार राई ऋतु कोईरालाको स्वर रहेको गीतलाई नबिन पन्तको निर्देशनमा जिवन श्रेष्ठले छायाँकन गरेका छन् । पुर्णिमा लामा, बादल र तुलसाले अभिनय गरेको भिडियोको सम्पादन मनिष कार्कीले गरेका छन् । यसको प्रस्तुतकर्ता भने नर बहादुर राई र निकल चोङवाङ हुन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...