Tuesday, December 26, 2017

रश्मिलाज फेसियल हाउसले १० औ बार्षिकोत्सब भब्यताको साथ सम्पन्न

काठमाण्डौ : नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १० औ बार्षिकोत्सब भब्यताको साथ मनाएको छ l बरिष्ट गायक आनन्द कार्की, गायिका सहिमा श्रेष्ठ, नायिका खुस्बु खड्का, फेसन डिजाइनर काजल शर्मा, गायक ध्रुब बिस्को देखि लिएर चर्चित मोडलहरु, समाजसेवीहरु, पत्रकारहरु, अन्य चर्चित व्यक्तित्वहरु तथा आफ्ना आफन्त र कर्मचारीहरु बीच भब्यताको साथ केक काटेर काठमाडौँ मल र बिजी मलको चौथो तलामा १० औ बार्षिकोत्सब मनाएको हो l बिगत १० औ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ l उक्त १० औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ४० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको जानकारी गराए l ग्राहकहरुको बिस्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै दशौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा श्रेष्ठले उक्त अबसरमा बताए l

नेपालमा मात्र नभएर चाडैनै अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ब्रान्च खोल्न लागिएको र यसले गर्दा नया नया प्रविधिहरु नेपालमा भित्र्याउन सकिने जसले गर्दा राष्मिलाज फेसियल हाउसमा सेवा लिने ग्राहकहरुले अन्तराष्ट्रिय स्तरको सेवा लिन सक्ने कुरा रश्मिलाज फेसियल हाउसकी संचालिका रश्मिला श्रेष्ठले गराईन l

अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नया बर्ष २०१८ तथा क्रिसमसको उपलक्ष्य पारेर रश्मिलाज फेसियल हाउसको १० औ बार्षिकोत्सबको मनाउनुको साथै आफ्ना शुभचिन्तकहरु माझ शुभकामना आदान प्रदान गरेको थियो l

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो l जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...