Tuesday, December 26, 2017

“..यो मेरो टोपी हो।” शिर्षक तस्वीर प्रतियोगिता – २०१८

“..यो मेरो टोपी हो।” शिर्षक तस्वीर प्रतियोगिता – २०१८
नेपालीको मान, हाम्रो शान र हाम्रो पहिचान !!

सन् २०१८, जनवरी १ तारिखका दिन “पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” भव्यताका साथ मनाऔं ।

“पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” को शुभ अवसरमा, नेपाली टोपी सहितको “..यो मेरो टोपी हो।” शिर्षक सुन्दर नेपाली तस्वीर प्रतियोगिताको आयोजना गरिने भएको छ। वरिष्ठ संगीत साधक स्व. गोपाल योञ्जनको राष्ट्रिय भावना बोकेको चर्चित गितकै “यो मेरो टोपी हो” कै प्रेरणा स्वरुप यसैबाट शीर्षक लिईएको यस प्रतियोगितामा अमेरिकाभर छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरु सबैको लागी प्रतियोगितामा सहभागी हुन खुल्ला आव्हान गरिएको छ।

नेपाली टोपी सहितको फोटो खिच्नुहोस् (एकल, पारिवारिक तथा सामुहिक), शेयर गर्नुहोस् र आकर्षक पुरस्कर सहित बिजेता बन्नुहोस्।

संसारभर छरिएर रहनुभएका नेपालीहरुले आ-आफ्ना ठाउँहरुमा विभिन्न कार्यक्रमहरु गरेर “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” लाई भब्यताका साथ मनाउने क्रममा शुरु भए संगै हामीले पनि आफ्नो राष्ट्रिय गौरवको नेपाली पोशाकको सम्मान स्वरुप आउँदो नयाँ बर्षको जनवरी १ का दिन, विश्वभर छरिएर रहेका हामी नेपाली (वीर गोर्खालीका सन्तति) हरु सबैलाई आ-आफ्नो संस्कृति झल्किने गरि नेपाली टोपीमा सजिएर यस दिवसलाई मनाउन हुन र भब्य रुपमा यसलाई सफल बनाउन सक्दो साथ र सहकार्य गरिदिन हुन सबैमा हार्दिक आव्हान गर्दछौ।

नेपालीहरुको गौरवशाली यसै दिवसको सन्दर्भलाई पारेर यस डि.एम भी एरिया लगायत अमेरिकाभर छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरु माझ यस अवसरमा खिचिएका आ-आफ्ना सुन्दर अविस्मरणीय तस्वीरहरुलाई संकलन गरि प्रतियोगिताको मार्फत उत्कृष्ट पहिलो, दोश्रो र तेस्रो गरी उत्कृष्ट तस्बिर हरुलाई पुरस्कृत गर्ने हामीले प्रयास गर्दैछौं।

आ-आफ्नो संस्कृति झल्कने नेपाली ढाका टोपी लगाएको फोटो सहित देश र देशभक्तिले ओतप्रोत भएको आफ्नो एउटा राम्रो सन्देश (quotes) सहित हाम्रो यस प्रतियोगिताको पेजको पेजमा पोष्ट गरिदिन हुन सम्पुर्ण आदरणीय नेपाली परिवारजनहरुमा हार्दिक अनुरोध गर्दछौं।

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा आयोजना गरिन लागेको यस “सुन्दर नेपाली तस्वीर प्रतियोगिता” मा हामीलाई प्राप्त तस्वीरहरुको संकलन पछि मिति जनवरी ७, सन २०१८ मा उत्कृष्ट ५० तस्वीर सहितको विवरण प्रकाशित गरिनेछ र उत्कृष्ट तस्बिर र सन्देशको छनौटका लागी आम सर्वसाधारण सबैको लागी खुल्ला भोटको लागि थप एक हप्ता सम्म सर्ट लिष्टमा परेकाहरुलाई निर्णायक प्रतिस्पर्धाको लागि फोटो सार्वजनिक गरिनेछ र जनवरी १५ सन २०१८ का दिन सबै भन्दा बढी लाईक पाउन सफल हुने उत्कृष्ट पाँच तस्वीरहरुलाई सबैभन्दा बढीले मनपराईएको आधारमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना गरि यस बर्षको उत्कृष्ट नेपाली तस्वीर बिजेताको रुपमा सार्वजनिक घोषणा गरिनेछ।

प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार स्वरुप बिजेता महानुभावलाई आकर्षक पुरस्कारहरुको व्यवस्था रहेको छ।

नेपाली (वीर गोर्खालीको सन्तति) हुनुमा हामी सबैले गर्व गरौँ । हामी जहाँ रहे पनि हाम्रो प्यारो देश नेपालका सच्चा सन्तति बनी नेपालीपनलाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा हातेमालो गरौं।

लौ !! आजै एउटा नेपाली टोपी सहितको सुन्दर तस्वीर खिच्नुहोस् र हाम्रो “यो मेरो टोपी हो।” शिर्षक तस्वीर प्रतियोगिता – 2018 कार्यक्रम पेजमा गएर शेयर गर्न नभुल्नुहोस् र प्रतियोगिताको उत्कृष्ट तस्बिर सहित बिजेता बन्ने अवसर नगुमाउनुहोस्। तस्वीर बुझाउने अन्तिम मिति जनवरी ७, सन २०१८ सोमबार रातिको ठिक १२:०० बजे सम्म मात्रै।

“पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” को शुभ अवसरमा, नेपाली ढाका टोपी सहितको “यो मेरो टोपी हो।” शिर्षक तस्वीर प्रतियोगिता – 2018 को आयोजना गरि नेपाली भाषा, भेष र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न मेरिल्याण्डका हामी नेपाली, TEAM8848, म नेपाली, C- MOS Creation र Enepalese परिवारको यस संयुक्त प्रयासलाई आउनुहोस् हामी सबैले साथ र सहयोग गरौं।

प्रतियोगिताको पुरस्कार तथा नियमहरुको बारेमा बिस्तृत जानकारी लिएर हामी चाँडै आउनेछौं। धन्यवाद !!

थप जानकारी तथा सम्पर्कका लागी,
“यो मेरो टोपी हो।” तस्बिर प्रतियोगिता – 2018
आयोजक कमिटी,
Srijan Tamrakar: (443) 675-8889
Bishwa Raj Thapa: (571) 241-7091
Mahesh Bhattarai: (410) 300-7935
Prakash Shrestha: (443) 255-5606
Kul Gurung: (443) 847-4557
Ashok Uprety Krish Uprety: (443) 240-8389
Bhawani Mahat: (443) 570-8005
Dilip Shrestha: (443) 374-8625
Kiran Dhakal: (443) 675-8206
Aydren Sharma: (301) 538-8046‬
Bijay Gaudel: ‭(443) 565-2108‬
Indu Raj Regmi: (410) 562-2658
Sangam Nepali Acharya: (443) 850-0990
Man Kumar Shrestha:
Kalyan Ranjit: (443) 889-2926
Bishal Sainju: (419) 908-9565
Tsu Haan Senchury: (443) 540-8672

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...