विजय थापा ,गत डिसेम्बर २३ तारिख डिसी महानगर क्षेत्रको भर्जिनिया स्यानटिलीमा अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालबालिकाहरुका लागि निबन्ध प्रतियोगिता फरक प्रस्तुतिमा सम्पन्न भएको छ l उक्त नौलो कार्यक्रममा अमेरिकाका अलागी नेपाली राजदूत अर्जुन कुमार कार्की (बिध्या वारिधि )को उपस्थिति रहेको थियो l
निबन्ध प्रतियोगिता नामाकरण गरिएता पनि उक्त निबन्ध प्रतियोगितामा अमेरिकामा जन्मिएका बालबालिकाहरुको शिक्षा देखि नेपाल र अमेरिका को बारेमा के कति ज्ञान राख्दछन भन्ने हेतूले पहिलो पटक यस्तो कार्यक्रम गरिएको हो l त्यति मात्रमा सिमित नरही गणित तथा अंग्रेजीको हिज्जे (स्पेलिङ्ग )समेत सोधिएको थियो l प्रतियोगितामा सहभागी हुने बालबालिका/बिद्यार्थीहरुले आफैले लेखेको निबन्ध कतिको महत्वपूर्ण हुन सक्ने शिक्षा बारे बढी ध्यानाकर्षण गरिएको थियो
उक्त निबन्ध प्रतियोगितामा सहभागी बालबालिकाहरुमा आरजू कार्की,एलिजाबेथ ठकुरी ,ऐश्वर्य निरौला ,मोनिका ढुंगेल,आदित्य निरौला ,अदिति पौडेल ,सगुन लुइँटेल तथा दिपर्सन खरेल रहेका थिए l उक्त प्रतियोगितामा तीन प्रतिस्प्रद्धिहरु क्रमस ऐश्वर्य निरौला ,आरजु कार्की तथा एलिजाबेथ ठकुरी प्रथम स्थान ,यसै गरि दोस्रो स्थानमा अदिति पौडेल तथा मोनिका ढुंगेल तथा तृतीय स्थानमा सगुन लुइँटेल ,दिपर्सन खरेल तथा आदित्य निरौला भएका थिए l
उक्त प्रतियोगिता बिश्व कीर्तिमानधारी कराते खेलाडी उज्ज्वल ठकुरी तथा मोडल (नमूना )रीमा कटुवाल द्वारा अमेरिकामै पहिला पटक यस्तो कार्यक्रमको आयोजना गरिएको हो l राजदूत अर्जुन कुमार कार्कीले प्रमाण पत्र वितरण गरेका थिए l कार्कीले मन्तब्य राख्दै कार्यक्रम अतिनै प्रशंसनीय नौलो राम्रो भन्नु को साथै यसलाई अमेरिका भर पनि गर्न सकिने सुझाव दिएका थिए l
यसै गरि वरिष्ठ पत्रकार दिनेश अधिकारी तथा नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष गुणराज लुइँटेलले प्रत्येक बालबालिकाको लागि उपयुक्त हुने मन्तब्य राखेका थिए l कार्यक्रममा बालबालिकाका अभिभावक/बुवाआमा उपस्थित थिए भने उनीहरुले हरेक वर्ष हुनु पर्ने प्रस्ताव राखेका थिए l
कार्यक्रमको लागि निर्णायकहरुमा ईनेप्लिजका संस्थापक बिश्व राज थापा ,संचारकर्मी सरोज के सी तथा मोडेल रिमा के सी कटवाल रहेका थिए l विशिष्ट अतिथि मा राजदूत डा अर्जुन कुमार कार्की रहेका थिए भने कार्यक्रमलाई हौशला दिन वरिष्ठ पत्रकार दिनेश अधिकारी ,संचारकर्मी गुणराज लुइँटेल तथा चर्चित फोटोग्राफर (चित्रकार )राजिव श्रेष्ठको उपस्थिति रहेको थियो l
कार्यक्रमको लागि ग्लोबल नेपाल टेलिभिजन,ईनेप्लिज तथा बिआरटि नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो l
No comments:
Post a Comment