Sunday, December 31, 2017

व्यवसायी अजेय सुमार्गी भागेका हुन् र ?


काठमाडौं १६–आफ्नो व्यवसायीक कामको सिलसिलामा दुबईमा पुगेका व्यवसायी अजेयराज सुमार्गी नेपाल फर्किएका छन् । नेपालको राष्ट्रियस्तरको पत्रिकाले नेपाल पक्राउ पर्ने डरले नेपाल छाडेर भागेको समाचार संप्रेशण गरिरहेका बेला व्यवसायी सुमार्गी शनिबार नेपाल फर्किएका हुन् ।

गत बिहिबार व्यापारिक कामका लागि भन्दै सुमार्गी दुबई लागेका थिए तर, नेपालमा कान्तिपुरका मालिक कैलाश सिरोहियासँग विवाद उत्कर्षमा पुगेका बेला आफ्नो व्यक्तिगत कामको सिलसिलामा दुबई पुगेका सुमार्गीको बिदेश भ्रमणलाई जोडेर कान्तिपुर देनिकले अवैध रकमबारे छानबिन गर्न प्रहरीले पक्राउ गर्ने तयारी भएपछि सुमार्गी देशै छाडेर भागेको दाबीसहित समाचार प्रकाशन गरेको थियो ।

तर, सुमार्गीको पारिवारिक स्रोतले शनिबारनै सुमार्गी नेपाल आईसकेको पुष्टि गरिसकेको छ । अजेय सुमार्गीका भाई अरुण सुमार्गीले भने, ‘अनर्गल प्रचार गर्नेहरुले बुझुन् अजयराज सुमार्गी देश छाडेर भागेको थिएन र भाग्दैन’, उनले भने, ‘उहाँ पहिल्यै तय भइसकेको व्यवसायिक कामका लागि जानुभएको थियो, काम सकेर आइसक्नुभयो ।’

गएको हप्तादेखि अजेय सुमार्गी र कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाबीचको झगडा छताछुल्ल भएको हो । निरन्तर वार्गेनिङ गरिहेका सिरोहियालाई आफूले पैसा नदिएपछि मिडियाको दुरुपयोग गर्दै सिरोहियाले आफ्नो चरित्र हत्या गरेको सुमार्गीको आरोप छ ।

त्यति मात्र होईन व्यवसायी सुमार्गीले सिरोहियाबाट आफूलाई खतरा रहेको भन्दै प्रशासनमा उजुरी समेत दिएका थिए । तर, कान्तिपुर मिडिया ग्रुपद्वारा सञ्चालित विभिन्न सञ्चार माध्यममा सुमार्गीको विदेशमा रहेको २२ अर्ब रुपैयाँ अवैध भएको समाचार आएपछि सुमार्गी र कान्तिपुर मिडियाका अध्यक्ष कैलास सिरोहियाबीच जुहारी चल्दै आएको छ । उजुरीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन गरिरहेको छ ।

सिरोहिया चरम आर्थिक संकटमा परेपछि उनकै आग्रहमा आफूले काठमाडौंको करिब ६ रोपनी जग्गा खरिद गरेको र आर्थिक स्थिति सुदृढ भएपछि र जग्गाको मूल्य वृद्धि भएपछि सिरोहियाले पूरानै मूल्यमा जग्गा फिर्ता गर्न दिएको दबाब अस्वीकार गरेपछि कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेका पत्रिका, रेडियो र टेलिभिजनमार्फत आफूविरुद्ध अनर्गल प्रचारबाजी गरेको आरोप सुमार्गीको छ ।

सुमार्गीले उजुरी दिएको भोलिपल्ट काम बिशेषले दुबई गएको अर्को दिन कान्तिपुरले सुमार्गी पक्राउ पर्ने डरले देश छोडे भन्ने समाचार प्रकाशन गरेको थियो । त्यति मात्र होईन उसले दुबईमा समेत सुमार्गी पक्राउ पर्न सक्ने कुरा पनि लेखेको थियो । तर, सुमार्गी न त भागेका रहेछन् न त पक्राउ नै परेका रहेछन् । त्यो समाचार तथ्यहिन जस्तै हुन पुग्यो ।

कान्तिपुरले लेखेको थियो अजेय सुमार्गीलाई पक्राउ पर्नबाट जोगाउन भाई अरुणले प्रभावशाली मन्त्रीलाई भेटे भनेर । सो कुरालाई पनि अरुणले विभिन्न सञ्चारमाध्यामबाट आफूले नभेटेका समाचारले पुष्टि गरेपछि यतिबेला कान्तिपुरको समाचारको सत्यताप्रतिनै पाठकले प्रश्न उठाउन पुगेका छन् भनि ३ घुम्ति डटकममा समाचार छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...