Saturday, January 27, 2018

समृद्धिको मुख्य आधार ऊर्जा : राष्ट्रपति

काठमाडौं, माघ १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको मुख्य आधार ऊर्जा भएको बताएकी छन् ।

ऊर्जा लगानी सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऊर्जाको विकासबाटमात्र नेपालको आर्थिक विकास सम्भव हुने बताइन् ।

ऊर्जाको विकासका लागि लगानीमैत्री वातावरण बनाउन उनले सरकारलाई सुझाव दिइन् ।

अन्तर्राष्ट्रियस्तरबाट ऊर्जाको क्षेत्रमा लगानीको चासो बढ्नु नेपालका लागि सकारात्मक भएको भन्दै उनले जलस्रोतको उपयोगका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेकोमा जोड दिइन् ।

अहिलेपनि न्यूनतम् विद्युत् उपयोगबाट ग्रामीण क्षेत्र अझै बाहिर रहेको भन्दै उनले जलविद्युत् विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले जलस्रोतमा बाह्य लगानी बढाउन सरकार तयार हुनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले ऊर्जा क्षेत्रको विकासबाट छिमेकी मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने भन्दै लगानी गर्न आग्रह गरिन् ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले ऊर्जा क्षेत्रको विकासबाट दक्षिण एसियाको विकास सम्भव भएकोमा जोड दिए । उनले ऊर्जामा लगानी गर्न भारत तयार रहेको बताए ।

इनर्जी विकास परिषदका अध्यक्ष सुजित आचार्यले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउन ढिलाइ गर्न नहुने बताए ।

तीन दिनसम्म चल्ने ऊर्जा लगानी सम्मेलनमा विभिन्न देशका ऊर्जा विशेषज्ञहरु सहभागी छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...