Tuesday, January 30, 2018

दुई अस्पताललाई ह्विल चियर वितरण

भक्तपुर, १६ माघ : शहीद दिवसका अवसरमा आज समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुर अस्पताल र क्यान्सर अस्पताललाई ह्विल चियर प्रदान गरेको छ ।

समाजका प्रमुख दुर्गा फुँयालले भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेम खड्का र क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेलाई ह्विल चियर प्रदान गर्नुभएको हो ।

भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको आकस्मिक कक्षमा ह्विल चियर नभएर बिरामीले समस्या भोगेको देखेकाले संस्थाले भक्तपुर अस्पताललाई दुई र क्यान्सर अस्पताललाई दुईवटा ह्विल चियर प्रदान गरेको जनाएको छ ।
शहीदको सम्झना
शहीद भरत गोपाल झा स्मृति प्रतिष्ठानले आज शहीदको सम्झना गरेको छ । प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको शहीद सम्झना सभामा नेपाल सरकारले शहीद घोषणा गरेको शहीदको सम्झना गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वसांसद लेखनाथ न्यौपाने, काँग्रेस भक्तपुरका संस्थापक तिलक कायस्थ, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, काँग्रेस भक्तपुरका पूर्वअध्यक्ष गणेशमान चक्रधर लगायतले शहीद भरतगोपाल झालाई सरकारले ढिलै भए पनि शहीद घोषणा गरेर सम्मान गरेकोमा सरकारलाई धन्यवाद दिदै शहीदको सम्मान गर्ने र उनीहरुको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...