Friday, January 26, 2018

साढे चार महिनादेखि महिला बेपत्ता

रामपुर पाल्पा, १२ माघ : रामपुर नगरपालिका– ८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिना देखि बेपत्ता भएकी छिन् ।

गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, सार्थीभाइकहाँ खोजीकार्य गरेपनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो ।

घरनजिकै कालीगण्डकी रहेकाले आफन्त साथीभाई सबैले नदीमा पसेको शंका गरेपनि उनी अहिलेसम्म फेला पर्न नसकेको उहाँले बताउनुभयो । एक नाबालक छोरा, श्रीमान् र सासू ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...