Sunday, January 7, 2018

शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह

काठमाडौँ, पुस २३ गते ।  उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन भोग्नुपरेकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर सहयोग गर्नका लागि आग्रह गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिनु सरकारको दायित्व रहेको बताउनुभयो ।
सबै नागरिकले सस्तो र सरल तरिकाबाट सेवा प्राप्त गर्न पाउने अधिकार संविधानमा नै उल्लेख गरिए पनि व्यवहारमा लागू हुन नसक्नु दुःखको विषय रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपालका अधिकांश जनता चेतनाका अभावले रोगबाट ग्रसित हुनुपरेको हुँदा गाउँ गाउँसम्म पुगेर उनीहरुलाई चेतना दिलाउनु पनि आवश्यकताको विषय हो ।”

स्वास्थ्य तथा जनसंख्यामन्त्री दीपक बोहराले विसं २०१७ मा नेपाललाई पूर्ण खोप सुनिश्चित गर्ने सरकारको लक्ष्य पूरा नभए पनि पछिल्लो समय बाल मृत्युदरमा भने कमी आएको जानकारी दिँदै खोप सेवा प्राप्त गर्नु सबै बालबालिकाको अधिकार हो भने उक्त सेवा दिनु स्वास्थ्यकर्मीको मुख्य काम हो भन्नुभयो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले प्रदान गर्दै आएको ११ रोगको १६ खोप लिनका लागि नागरिक आफैँ पनि जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका ३२ वटै वडाका ५०० स्वास्थ्य स्वयंसेविका र १५० स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । हालसम्म नेपालका ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप प्राप्त गर्नसकेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...