Thursday, January 25, 2018

टोकियोमा नेवा:फूड फेस्टिवल२०१८ हुने

यहि आउँदो जनवरी २८ तारेखका दिन वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामी काइकान हलमा  नेवा:नसा नख:२०१८ भब्य रुपमा सम्पन्न  हुने भएको छ l

जापानीहरु बीचमा नेवार खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्वेस्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुँ दंको उपलक्षमा नेवा:फुड फेस्टिवल२०१८  सम्पन्न हुन लागेको हो l जापानीहरुको उल्लेख्य सहभागि हुने भएको हुनाले यसपालिको नेवा:नसा:नख:रोचक एवंम जापानीहरुको बीचमा नेपाली  खाना र  संस्कृतिको राम्रो छाप बस्ने कुराको जानकारी आयोजक कमिटिका प्रतिनिधि मासाहिरो यामाकावा (ब्यांचा दाई )ले बताउनु भएको छ  l

कुमारी ,लाखे नाच ,धिमे बाजा ,भुस्या बाजा तथा विभिन्न नेवार संस्कृति झल्कने भेष भुषाको प्रदर्सन तथा  सास्कृतिक टिमले भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको हुनाले उक्त दिन नेवार खानाको साथै  नेपालको जात्राको प्रत्यक्ष अनुभव गर्न सकिने कुरा सांस्कृतिक कार्यक्रमका संयोजक सकुल प्रजापतिले प्रस्ट्याउनु भएको छ  l

कुमारी ,धिमे बाजा र लाखे नाचको प्रस्तुति एतिहासिक हुने कुरा धिमे बाजाका गुरु रुकेश गोसाईले बताउनु भयो l उक्त कार्यक्रममा जापानी कलाकारहरु युको ओकामोतोले चर्या नाच र आकिको कुमेको बेजोड कला प्रस्तुत हुने भएको छ l

नेवार खाना टिमले पाहुनाहरुलाई सर्वप्रथम समेबजिले स्वागत गरिनेछ lसमेबजिमा बजि ,अण्डा ,माछा ,व ,मना छोयला ,छोयला ,वाउंचा वाला  ,भुती वाला र केगु हुनेछ lत्यस्तै  नेवा:नसा नख: मा छ्याला,बुल्ला ,दाकुला ,सिम्पू क्वा:,त:खा :,सन्या खुन्या ,व:,न्हेपू ,छ्व क्वा ,हेंयया ला ,मिई क्वा ,हाकु छोयला, जेरी ,निम्की ,मार्पा ,लाखा मरी ,सेल ,अनर्था,ह्यांगु व तुयुगु पुरी  ईत्यादी नेवार खानाहरु प्रस्तुत गर्ने लागेको कुराको जानकारी नेवार खानाका संयोजक नरेन्द्र कुमार शाक्यज्युले बताउनु भएको छ l

पाहुनाहरुलाई अलमलमा नपरोस भन्नका लागि  खानाहरु कुन खाना के बाट बनेको र कता राखेको छ भन्ने कुराको जानकारी दिन पम्फ्लेट र प्रोजेक्टरमा बिबरण प्रस्तुत गर्न लागेको कुरा संस्थाका डिजिटल प्रतिनिघि सन्दिप नरसिं शाक्यले बताउनु भएको छ l

इन्द्रजात्रामा प्रतुत गर्ने हाथा द्यो तथा समे द्वंले जापानीहरुलाई थप  आकर्षक गर्ने कुराको जानकारी संस्थाका प्रतिनिधि जनक राज शाक्यज्युले बताउनु भयो l

जापानीहरुलाई नेपालको बारेमा जानकारी दिन नेपाल भ्रमण इन्फोर्मेशन स्टलको व्यवस्था गरिएको र नेपाल भ्रमण सम्बन्धिको जानकारी  नेपालको पथ पर्यटकका बिज्ञ कृष्ण बदन जोशीले दिने भएको छ l

जापानीहरु बीच भब्य प्रचार प्रसार भएको हुनाले उल्लेख्य जापानीहरु सहभागि हुन लागेको कुरा संस्थाका प्रतिनिधि ईन्दिरा सुजुकीले जानकारी दिनु भएको छ l जापानबासी नेपाली संघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता हुनेमा आफु धुक्क भएको कुरा अर्को प्रतिनिधि ईस्वर जोशीले बताउनु भएको छ l

उक्त कार्यक्रम भरि wnojapan chpater को फेसबुकबाट लाईभ,भिडिओ र पाहुनाहरुको संग अन्तेर्वार्ता ईत्यादि GMT international ले गर्ने भएको छ  l

जापान स्थित नेपाली राजदुत महामहिम प्रतिभा राणाको प्रमुख अतिथि तथा  नेवा:जागरण मंच जापान ,नेवा:गुठी जापान ,नेवा:अन्तेर्रास्त्रिय फोरम जापान , जापानस्थित नेपाली राजदुतावास तथा एन आर एन जापानको सहकार्यमा नेवा:नसा नख:२०१८ सम्पन्न हुन लागेको हो l

उक्त फेस्टिवलमा सहभागि हुन अग्रिम टिकट बुकिंग गर्नु पर्ने भएको हुनाले आ –आफ्नो सीट सुरक्षित राख्नु हुन् हार्दिक अनुरोध गरिएको छ l

[email protected]

https://www.facebook.com/wnojapan/

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...