Thursday, January 4, 2018

नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक ः काँग्रेस नेता खड्का

भक्तपुर, पुस २०  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी काँग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गर्नुभयो । काँग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै डा खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला र निराधार भएको बताउनुभयो ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएका कारण काँग्रेसले पराजय व्यहोर्नुपरेको केन्द्रीय सदस्य खड्काको भनाइ रहेको छ । राष्ट्रियसभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुनेहुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने उहाँको दाबी रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...