Friday, January 5, 2018

सुमनको मार्मिक गित “बैगुनीलाई सम्झी रुने दिन ” सार्वजनिक

विराटनगर , पौष २१
नेपाली साँगीतिक क्षेत्रमा क्रियाशिल सुमन  विरहीको उत्कृत्ट शब्द सिर्जनामा बास्तविक भोगाईमा आधारित नयाँ गित “बैगुनीलाई सम्झी” रुने दिन बजारमा आएको छ । मार्मिक मौलिक मर्मस्पसि भावहरु गितमा रहेको छ । मनका सपनाहरु बोकेर पराइको देशमा आफनो श्रम बेचिरहेका नेपाली श्रमिकहरुको कथा गितमा समेटिएको छ ।धन कमाउने आशामा आफना परिवारका सदस्यलाई छोडेर जानुको पिडा आफैमा रहेको छ । “बैगुनीलाई सम्झी”गितमा दिनेश दाहाल क्षेत्री धमेन्द्रको सुमधुर आवाज रहेको छ । राजन ठकुरीको संगितमा रहेको गितमा नारायण , अवतार र दिविसाको अभिनय रहेको छ । आफनी प्राण आमालाई त्यागेर अर्कैको घरमा गएकी आफनी मायालु माझँमा आफनो भेट नहोस भन्ने कामना गायकले गरेका छन । सागर गौतमको छायाँकन , सुमन बैरागीको निर्देशनमा रहेको भिडियोलाई दिशन शाहले सम्पादन गरेका हुन ।
“बैगुनीलाई सम्झी” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...