Sunday, January 28, 2018

कतिखेर गललल्ल हाँसोको फोहोरा त कतिखेर स्तब्धता ! पालैपालो कबिता, गजल, गीत, मुक्तक लगायत आ-आफ्ना कोशेली पस्किंदै गए चार घण्टा बितेको पत्तै भएन ।

न भासण, न बोलाएको बोलाई गरिने अतिथिका आशन ! बाहिर जाडो थियो, सिमसिमे पानी परिरहेको थियो, भित्र कवयित्री, कविहरु पलेटी मारेर बसेकाछन, भित्र भिडभाडको कारण पसीना पनि छुटिरहेकोछ, यत्तिकैमा कतिखेर गलल्ल हाँसोको फोहोरा छुट्छ त कतिखेर स्तब्धता छाउँछ । यस्तैमा कवि कवयित्री कलाकारहरु सबै पालैपालो कबिता, गजल, गीत, मुक्तक लगायत आ-आफ्ना कोशेली पस्किंदै गए चार घण्टा बितेको पत्तै भएन । जब सबै कार्यक्रम सकियो फेरि मादल घन्किन थाल्यो, सबै नाच्न र गाउन थाले । अन्तत करिब ५ घण्टा पछी

कार्यक्रम सकियो र सबै आ आफ्ना बाटो लागे ।

यो शाब्दिक चित्र हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा वाशिङटन डि.सी. मा हरेक महिना आयोजना गरिने “वाशिङटन डिसी साहित्यिक सँगम” को जनवरी श्रीँखलाको । प्रमुख अतिथि बनाईए – अग्रज हाँस्य कलाकार एबम अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एबम अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले कार्यक्रमले कविता बाचन गरेर कार्यक्रम आरम्भ गरे । पुस्पा घिमिरे, बिमला निरौला, कमला खरेलले स्वागत गान गाए । अनि कविता, गीत, मुक्तक, गजलको लहर चल्यो । भुपनारायण घर्तिमगर, निलकण्ठ सुबेदी, रामशरण हुमागाई, पुरूषोतम सुबेदी, अरूण भट्टराई, नीरा शर्मा, कल्पना सुबेदी, गोमा न्यौपाने, दीपा अधिकारी, बिना घर्तिमगर, सुस्मा खनाल, एकता पौडेल, बिमला निरौला, मोहन निरौला, पुष्पा घिमीरे, गुणराज लुईटेल, सुनीलमणी दाहाल, तारा न्यौपाने, कृष्ण धराबासी, शिवहरी पौडेल, सकुन्तला अधिकारी, रजनी श्रेष्ठ, कमला खरेल, प्रकाश नेपाल, मुकुन्द कोईराला, डा.बिष्णु घिमीरे, रबिन्द्र श्रेष्ठ, रामप्रसाद खनाल, मन कुमारी थापा लगायत आदिले आ आफ्ना रचना बाचन गर्नुभयो । अग्रज हाँस्य कलाकार एबम अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेलले कवितामा पनि हँसाउनुभयो र हाँस्यब्यङग मा बाँकी रहने कुरै भएन । कार्यक्रम निकै रमाइलो का साथ सम्पन्न भयो जसमा वाशिङटन डिसी मेट्रो एरियामा बस्ने थुप्रैको उपस्थिती थियो ।


नेपाल फर्किने तयारीमा रहेका कलाकार शिवहरी पौडेललाई कार्यक्रमको अन्त्यमा उपस्थित सबैले बिदाइ पनि गरेका थिए । महा सचिब भुप नारायण घर्ति मगर र अध्यक्ष राम प्रसाद खनालले पौडेललाई खादा सम्मान सहित बिदाइ गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...