Tuesday, January 30, 2018

अमेरिकाको नेपाली संस्था नाशाले शितलहर पीडितलाई चौथो चरणमा कम्बल बाडदै

अमेरिका । अमेरिकाको दक्षिण पूर्व १५ वटा राज्यको प्रतिनिधत्व गर्ने नेपालीहरुकोसाझा संस्था नासाले पुर्बी तराइको अति विकट क्षेत्रका विपिन्न समुदायका शितलहर पिडितहरुलाई नियानो कम्मल वितरण गरिरहेको छ । अमेरिकाका कुनै पनि नेपाली संघ संस्थाहरु यस अभियानमा केन्द्रित नभएको बेला नेपालीहरुको साझा संस्था नाशाले ‘घरदेशमा शितलहर’ चलेको छ, परदेशमा सहयोगको लागि नासा जुटेको छ कार्यक्रम वन फर वन (एकले अर्कोको लागि) लियर आएको नासा र टिएनसिसि संस्थाको सांस्कृतिक फाँटका प्रमुख बिशाल भारतीले बताए । शितलहरले प्रभावित देशकै सबै भन्दा पिडित क्षेत्र रौतहटको मुसहर गाउँबाट शुरुवात गरिएको राहात कार्यक्रम पर्षा, सुनसरी गर्दै झापाका २५० भन्दा बढि पिडितहरुलाई ३ चरणमा बितरण गरिसकेको भारतीले बताए ।

१०० वटा न्यायो कम्बलको लक्ष राखी शुरुवात गरेको यस अभियानलाइ दाताहरुको उत्साहजनक सहयोगले दुइ दिनमा नै पुरा भएको र अब १००बाट ५०० मा पुर्याई अबको राहत सप्तरी र सिराहाका अति बिपन्न बर्गका असक्त, असहाय र अपांगलाई वितरण हुने कुरा नासा कोषाध्यक्ष निर्मल पौडेलले जानकारी दिए ! अमेरिकामा नेपाली संस्थाहरु च्याउसरी उम्रेको र सामाजिक कार्यमा खडेरी परिरहेको धेरै गुनासो आइरहदा नासाले भने एक पछि अर्को सामाजिक कार्य गरिरहेको छ । यसअघि पनि नासा र टियनसिसिको संयुक्त पहलमा पप गायक ओमबिक्रम बिष्टको उपचारार्थको लागि २ लाख ६० हजार भन्दा बढी रकम उठाएर उपचारका लागी सहयोग प्रदान गरिएको थियो ।
नासा र टिएनसिसि संस्था आयोजक रहेको यस अभियानले असहाय र दुख पिडामा परेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको पिडामा मलम लगाइ यो जाडोमा चिसोबाट बचाउनका लागी नासा यस अभियानमा लागेको सभापति माधव ढकालले बताए । तपाई पनि हाम्रो निस्वार्थ अभियानमा जोडिन चाहानुहुन्छ भने सहयोगको लागी तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ।https://www.paypal.com/cgi-bin/webscr?cmd=_s-xclick&hosted_button_id=XD6CYFYAHE5GL

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...