Sunday, January 28, 2018

गायिका तृप्ति खड्का गुरुङ तथा गायक मिलन लामाको “माया नै माया छ” सार्बजानिक (भिडियो सहित)

 

काठमाडौँ : पछिल्लो समय चर्चाको शिखरमा पुगेर विभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त बनेकी चर्चित गायिका तृप्ति खड्का गुरुङ तथा अर्का चर्चित गायक मिलन लामाको सुमधुर आवाजरहेको “माया नै माया छ” बोलको गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजानिक भएको छ l बिगत आधा दशक देखि हिट तथा चर्चित गितहरु गाएर नेपालि सांगीतिकबजारमा चर्चा बटुल्न सफल गायिका तृप्ति खड्का गुरुङ र अर्का सुमधुर आवाजको धनि गायक मिलन लामाको स्वर रहेको यस गितले पनि चर्चा बटुल्ने क्रममा छ l

गायक मिलन लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका हुन l चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यसभिडियोलाई रबिन्द्र बरालले छायांकन गरेका हुन l मोडल बिजय गुरुङ, बिष्णु चेमजोङ तथा गायक मिलन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई बिन्ध्याबासिनी म्युजिक प्रालिलेबजारमा लिएर आएको छ l

भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...