विजय थापा ,नेपालको विभिन्न शहर तथा गाउँ ठाउँ बाट अमेरिका आएका अमेरिकाको डिसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले बिबिध कार्यक्रम गर्दै नयाँ बर्ष धुमधामले मनाएका छन् l नेपाली नयाँ बर्ष मनाए झैँ कर्मभूमिमा रहेका नेपाली समुदायले हर्सौल्लास साथ २०१७ लाई बिदा गर्दै नयाँ बर्ष २०१८ लाई स्वागत गरेका छन् l
उक्त नया बर्ष मनाउने क्रममा उक्त कार्यक्रमलाई समन्वय गरि रहेका भर्जिनियाका समाजसेवी राम बस्याल तथा लक्ष्मी गौडेलले शुभकामना आदन प्रदान र २०१७ लाई बिदा गर्दै नया बर्ष २०१८ लाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएको बताए l
यसै गरि अमेरिकामा रहेका मदन पुरस्कार बिजेता तथा साहित्यकार कृष्ण धरावासीले शुभकामना दिदै प्रत्येक दिन नया दिन हुन्छ l र आउने दिन प्रति हामी आशाबादी हुन्छौ l उनले अगाडी भने भबिष्यले वर्तमानलाई एउटा गतीशील संकेत दिन्छ र अगाडी बढ्छ भने l
कार्यक्रममा गीत ,खेलकुद र नाचगान को आयोजना गरिएको थियो भने नायक सुधांशु जोशीले पनि गीत गाएका थिए l यसै गरि अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने प्रसिद्ध भारोत्तोलक रुप कार्कीलाई उनले अमेरिकामा रहेता पनि खेलकुद को माध्यम द्वारा नेपाल र नेपालीको नाम बिश्वमा राख्न सफल भएकोमा सम्मान गरिएको थियो l
No comments:
Post a Comment