Thursday, January 25, 2018

ट्रम्पले अमेरिकामा कागजपत्र नभएका युवा अप्रवासी तथा सपना देख्नेहरुका लागि द्वार खोल्ने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले जनवरी २४ तारिखका दिन अमेरिकामा कागजपत्र नभएका युवा अप्रवासी तथा सपना देख्नेहरुका लागि द्वार खोल्ने संकेत दिएका छन् l उनले यस्ता कानूनी कागजपत्र नभएकालाई समेत नागरिकता को प्रकिया चलाउन दिने भएका छन् l

ट्रंपले पहिलो पटक यस्तो निर्णय सुनाएका हुन् भने केहि दिन अगाडि डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल (डाका ) को कारण डेमोक्रेटिक दल संग कुरा नमिल्दा अमेरिकन संघिय सरकार बन्द पनि भएको थियो l

ट्रंपले यसलाई हामी एक प्रकारको रुप केहि हद सम्म रुप दिने छौ भनेका छन् l यसै गरि अप्रवासीहरु ओबामा को पालामा भएको डाका योजनाको लागि पनि योग्य हुने बताएका छन् ऴ

ट्रंपले यो अप्रवासीहरुको लागि प्रोत्साहन हुने छ भनेका छन् l तथापी डाका को कारण आफू देश निकाला हुनु पर्ने बिषयमा चिन्ता गर्नु पर्ने नभएको बताएका छन् l

संयुक्त राज्य अमेरिकाले डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल (डाका ) कार्यक्रमलाई गत गत सेप्टेम्बर ५ तारिखमा न्याय विभागका महान्यायधिवक्ता जेफ सेसनले रद्ध गरेको घोषणा गरेका थिए l

तर कागजपत्र न भएका युवा अप्रवासी जस्ले डाका को आबेदन पत्र भरि सकेको उस्को म्याद नसमाप्त नहुन्जेलको लागि काम गर्ने भएको छ l यदि अमेरिका बसोबास गर्ने अनुमति मार्च ५ तारिख २०१८ सम्म म्याद छ भने गत अक्टोबर ५ तारिख सम्म नवीकरण गर्न सक्ने थियो l यदि उनीहरुको अनुमति मार्च भन्दा पर म्याद गुज्रिने हुनाले उनीहरुले नवीकरण गर्न पाउने थिएनन् l गत अक्टोबर ५ तारिख सम्म आबेदन पत्र भरेमा २ बर्षको नविकरण हुने छ भने $ ४ सय ६५ डलर नवीकरण शुल्क लाग्ने जनाएको थियो l

केहि समय अगाडी मात्र संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाका सभामुख पल रायनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कागजपत्र नभएका युवा आप्रवासीलाई उनीहरुको देश फर्काउनबाट रोक्ने व्यवस्था रद्द नगर्न आग्रह गरेका थिए l

‘डाका’ले अमेरिकामा गैरकानुनी रुपमा ल्याइएका बच्चालाई अस्थायी आवास उपलब्ध गराउँछ । ‘डाका’ले हजारौंलाई देश फर्काउनबाट रोक्नुका साथै उनीहरुलाई काम र पढाइको अनुमति दिनेछ । ‘डाका’ कार्यक्रमबाट करिब ८ लाख मानिसलाई संरक्षण गरिएको छ ।

जसमा बहुसंख्यक मेक्सिको ,एल साल्वाडोर, ग्वाटेमाला, होंडुरस तथा पेरू रहेका छन् भने भारतका पनि करिव ८ हजार यस्ता कागजात नभएका पर्ने भनि भारतीय समाचारहरुले समेत लेखेका थिए l

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले ओबामा को समयको कानून लाई रद्द गरेका छन् l जसमा सानो उमेरमा अमेरिका छिरेकालाई अमेरिका मै उचित व्यवस्था गर्दै देश निकला को नगरी यहि राख्ने र बचाउने प्रावधान रहेको थियो l बालबालिकाहरु स्वयम् नआई गैर कानुनी रुपमा अमेरिका छिरेका बुवाआमा बाट साथमा ल्याइएका हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...