Thursday, January 25, 2018

सन्तोषी नेपाली अस्पताल बाट छुटकारा (डिसचार्ज ),उनको सहयोगको लागि गोफन्ड चालू

विजय थापा ,गाडीको ठक्करबाट भर्जिनियाको मनासस बसोबास गर्ने २५ बर्षिय सन्तोषी नेपाली अस्पताल भर्ना भए पछि डिसी महानगर क्षेत्रका नेपाली समुदायको पहलमा गोफन्ड खाता खोलिएको छ l उक्त गो फन्ड खाता सन्तोषीको साथी उत्सव गौतमको पहलमा भएको हो l

सन्तोषी को लागि प्रशन्न संग्रौलाले हेल्प एक्सिडेन्ट भिक्टिम सन्तोषी नेपाली भनेर सामाजिक संजाल फेसबुक (अनुहार किताव ) समूह निर्माण गरि दिए पछि समुदाय सदस्यहरु चौतारीमा सवै कुराहरु राख्न थालेका छन् l

पछिल्लो जानकारी अनुसार उनी भर्जीनियाको फल्स चर्च स्थित ईनोभा अस्पतालमा बाट मुक्त भएकी छिन् l टाउको तथा कम्मरमा चोट लागेकोले उनले २ महिना सम्म आराम गर्नु पर्ने भएकोले हाल सम्म बिमा नगरेकी नेपालीको आर्थिक स्थिति राम्रो छैन l नेपालको नुवाकोट निवासी नेपाली २ बर्ष अगाडि बिबिधता चिठ्ठा मार्फत अमेरिका आएकी हुन भने उन्को बसाई मनाससमा रहेको छ ।

हालसालै बिबाह बन्धनमा बाधिएकी नेपालीका पति गणेश नगरकोटी लाई घटना भए पछि खबर गरे पछि शुक्रबार २६ तारिख नेपाल स्थित अमेरिकन राजदुतावासमा अन्तर्वार्ताको लागि जाने भएका छन् l भर्जिनियाको मनाससमा सोमबार जनवरी २२ तारिखका दिन बेलुका ७ बजे बाटो पार गर्न लाग्दा २००२ को होण्डा सिभिक गाडीले २५ बर्षकी सन्तोषी नेपालीलाई ठक्कर दिएको हो ।

अब उनलाई अस्पतालबाट बिदा गरे पछि उनका थुप्रै खर्चहरु जुटाउनु पर्ने हुन्छ l बिमा समेत नगरेको अवस्थामा प्रहरीले उनले बाटो काटेको नै गलत भनि दण्ड पूर्जी (टिकट ) दिएको र अदालत समेत हाजिर हुनु भनेको छ l

उनले कैयौ महिना सम्म काम गर्ने अवस्था नरहेको उनलाई अस्पतालमा गइ भेटघाट गरि चिकित्सक तथा अन्य संग सवैकुराको चाजोपाजो मिलाएर आएकी अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजाले ईनेप्लिज संग बताइन l भट्टराईले सवै भन्दा ठुलो अर्थको अभाव रहेको बताउदै समुदायले सहयोग गर्नु पर्ने बताईन l

उनलाई हप्तामा दुई तीन पटक फिजियो थेरापी (भौतिक व्यायाम ) गर्नु पर्ने,घर भाडा,खानपिन,चिकित्सकको खर्च आदी ठुलो भर पर्ने भएकोले समाज एक जुट भै सहयोग गर्न अपरिहार्यता बुझिएको छ l उनि सहायक ब्युटीसीएन ( प्रसाधक ) काम गर्छिन l घटना भए पछि नेपालीका साथी उत्सव गौतम तथा हेम राना र ज्योति राना (दम्पति)ले अहोरात्र खटेर सहयोग गरि रहेका छन् l

उनलाई सहयोग गर्न चाहनेले कृपया गो फन्ड को धर्सो (लिंक )मा गै अर्थदान गर्न सक्नु हुने छ l 

https://www.gofundme.com/victim-of-car-accident

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...