Thursday, January 4, 2018

खेलकुद विकासका लागि गुरुयोजना बनाइने

पोखरा, २० पुस  : पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद विकासका लागि महानगरपालिकाले गुरुयोजना बनाउने बताउनुभएको छ ।

नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले महानगरका ३३ वटै वडामा खेलकुद मैदान निर्माण गरिने र खेलाडीलाई प्रोत्साहन गर्ने खालको विशेष कार्यक्रम ल्याइने पनि बताउनुभयो ।

नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले नेपालमा ह्याण्डबल खेलको धेरै सम्भावना रहेको र खेलाडीलाई हौसला दिन सके अन्तरराष्ट्रिय प्रतियोगितामा पदक ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा पाँच वटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाका महिला तथा पुरुष गरी सात सात टोलीले भाग लिएका छन् । प्रतियोगिता यही पुस २२ गतेसम्म चल्ने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts