Thursday, January 4, 2018

नेपालको जेठो साहित्यिक पत्रिका शारदा अब अनलाइनमा पनि

बिक्रम सम्बत १९९१ मा ऋद्धिबहादुर मल्लको एकल पहलकदमिमा शुरु भएको नेपालको जेठो साहित्यिक पत्रिका ‘शारदा’ अब अनलाइनमा पनि पढ्न सकिने भएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको सहयोगमा हालै यस कार्यको थालनी गरिएको छ । नेपाली साहित्यिक पत्रकारीताको इतिहासमा कोशेढुंगाको रुपमा हेरिएको शारदाले तत्कालिन समयमा लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल जस्ता नेपाली साहित्यका मानक श्रष्ठा जन्माउनमा बिशेष भूमिका खेलेको र साहित्यका विविध स्वाद पस्कदै तत्कालीन समयमा लोकप्रिय रहेको शारदाले पछिल्लो समयमा निरन्तरता पाउन सकेको थिएन ।

पछिल्लो समय कवि तथा साहित्यिक पत्रकार विमल भौकाजीको सम्पादनमा यो ऐतिहिसिक पत्रिकाले पुनर्जीवन पाएको छ । विगत केही बर्षदेखि सम्पादक भौकाजीले मिहिनेतका साथ शारदालाई नया नया स्वादमा प्रस्तुत गर्दै आएका छन्। कहिले हस्ताक्षरमा गजल, मुक्तक त कहिले दिबंगत श्रष्ठाका सिर्जना, कहिले भूकम्पको बिशेशांक त कहिले प्रवासको साहित्य शारदामा समेटिएका छन् । तत्कालिन समयमा लेखिएका तत्कालिन महत्वका लेखरचनाहरु सान्धर्भिकता हेरी आजको शारदामा ऐतिहिसक दस्तावेजको रुपमा पुनप्रकाशित समेत हुनेगरेका छन् । शारदाको निरन्तरताको लागि सम्पादक भौकाजी ठुलो महत्वकांक्षाका साथ लागेका छन् । जस्तोसुकै अवस्था आईपरे पनि आफ्नो जीवनभर मात्रै होइन कालान्तरसम्म ‘शारदा’लाई जीवित राखिराख्ने वातावरण बनाउन उनी प्रतिवद्ध रहेको बताउञ्छन ।

पछिल्लो समय नेपाली साहित्यका सर्जक र पाठक संसारभरी फैलंदै गएको सन्धर्भमा अब शारदालाई नयाँ नयाँ प्रविधिको विकाससंगै इन्टरनेटको माध्यमबाट त विश्वभर पुर्याउने भएको छ । शारदासंगको सहकार्यमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाज समाजले अंग्रेजी नया बर्ष २०१८ देखी वेव होस्टिंगको काम सुरु गरेको छ । ऐतिहिसिक महत्व बोकेको साहित्यिक पत्रिका शारदाको निरन्तरता र विश्वव्यापीकरण अभियानमा प्रवासमा बसेर पनि सहकार्य गर्न पाउँदा खुसी लागेको बताउञ्छन नर्थ क्यारोलाइना नेपाली साहित्य समाज समाजका अध्यक्ष्य मनोज प्रधान।

नर्थ क्यारोलाइना साहित्यिक विशेष अंक प्रकाशित गरेर शारदाले ठुलो गुन लगाएको र यही विशेष अंकबाट आफूहरूले वेव होस्टिंग गर्न पाउनुलाइ मनोज प्रधान ऐतिहासिक संयोगको रुपमा लिन्छन ।शारदाको यो अंकमा अमेरिकाको नर्थ क्यरोलाइना बसेर साधनारत मनोज प्रधान, नीलम कार्की निहारिका, डा ऋषि बस्ताकोटी, बिक्रम गौतम, शिखर दुलाल, नम्रता गुरागाई, निर्मला राजभण्डारी, शिशिर खनाल, सुजाता ढुंगेल लगायतका सिर्जनाहरू छन् भने साहित्यिक हिसावले विभिन्न कालखण्डमा नर्थ क्यारोलिनासंग जोडिएका साहित्यकारहरू दिनेश अधिकारी, चन्द्रकला नेवार, गोविन्द गिरी प्रेरणा लगायतका अनुभूतिहरू पनि समेटिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...