Wednesday, January 3, 2018

सावु गदाल कार्की पर्यटन दूत नियुक्त

३ जनवरी, वाशिंटन डिसी,कोलोराडोमा वस्दै आएकी कवि तथा गीतकार सावु गदाल कार्कीलाई नेपाल पर्यटन वोर्डले २ वर्षका लागि पर्यटन दूतको रुपमा नियुक्त गरेको छ । नेपाल पर्यटन वोर्डले अमेरिकामा यस प्रकारको पर्यटन दूत नियुक्त गर्न थालेको लामै समय भएको छ र विभिन्न राज्यमा पर्यटन दूत नियुक्त भएका सूचना सामाजिक सञ्जालमा प्रसस्त देखिएका छन्, तर तिनले के कस्तो काम गरेका छन् त्यो भने खासै देख्न पाइएको छैन ।

पर्यटन दूत भएपछि भिजिटिङ कार्डमा नेपाल पर्यटन वोर्डको लोगो राख्न पाइन्छ । नेपाल पर्यटन वोर्डले नियमित रुपमा पर्यटन प्रचार सामाग्रीहरु पठाउँछ र नेपाल भ्रमणका लागि रुची जगाउने काम राजदूतावास, टूर अपरेटर, मिडिया, कुटनैतिक नियोग लगायत सँग समन्वय गरी गर्न सक्छ ।

साहित्यिक गतिविधिका साथै सामाजिक काममा लागेकी सावु गदाल कार्कीले आगामि २ वर्ष कोलोराडोवाट पर्यटन प्रवर्धनमा योगदान पुग्ने कार्य गर्ने अपेक्षा गरिएको छ ।

(http://bit.ly/2CjASgw सँगको सहकार्य)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...