Sunday, January 7, 2018

शिक्षाविद् डा पोखरेलको निधन

काठमाडौँ, पुस २३ गते । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ ।

मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उहाँलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पु¥याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।

प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहनुभएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिनुभयो । विनायकसुधा(भिएस) निकेतनका संस्थापक प्रिन्सिपल उहाँ विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् हुनुहुन्थ्यो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...