Thursday, January 25, 2018

सूचना, सञ्चार तथा प्रविधि मेला शुरु

काठमाडौँ, माघ ११ गते । सूचना, सञ्चार तथा प्रविधि मेलाको २४आँ संस्करण आजदेखि भृकुटीमण्डपमा शुरु भयो ।

यही माघ १६ गतेसम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । क्यान इन्फोटेक नाम दिएको सो प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित सो मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्दै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई-दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पु-याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै यसका लागि सरकार र निजी क्षेत्रबीचको थप सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

सूचना तथा सञ्चारमन्त्री बस्नेतले भन्नुभयो, “संविधान कार्यान्वयनका क्रममा स्थानीय निकाय, प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न भए, देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ, अब आर्थिक समृद्धिमा लाग्नुपर्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकासमा सरकारी लगानी वृद्धि गरिनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...