Friday, January 5, 2018

फागुनसम्ममा नयाँ सरकार: पूर्वप्रम

मंगलबारे, इलाम २१ पुस: पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुन लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताउनुभएको छ ।

इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा उहाँले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताउनुभएको हो ।

नेकपा (एमाले)का पूर्वअध्यक्ष समेत रहनुभएका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकीकरणसमेत अघि बढ्ने उल्लेख गर्दै “पार्टी एकीकरण हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन,” भन्नुभयो ।

दुवै पार्टी एकीकरणपछि सबैले समान अधिकार पाउने छ, उहाँले भन्नुभयो, “कसैलाई काखा कसैलाई पाखा लगाउने काम हुँदैन ।”

एक फरक प्रसंगमा वरिष्ठ नेता खनालले आफूलाई राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताउँदै अवसर आए पछि नहट्ने धारणा व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...