
त्रिनिटी मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट कम्पनीले आयोजना गरेको मिस कलेज आइडल २०१७ दोस्रो सिजन (ऋतु )गत आइतबार माघ १४ गते सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा उपत्यकाका विभिन्न महा बिद्यालय (कलेज) का ११ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्नहार्ट कजेलका छात्रा सम्झना चौधीरीले मिस कलेज आइडिया २०१७ को उपाधी हासिल गरेकी छिन् l उनले मिस फ्रेन्डीलीको उपाधी समेत को उपाधि हासिल गरेकी छिन् l

कार्यक्रममा प्रथम उप बिजेता र मिस कन्फिडेन्ट नेपालय कलेजकी अस्मिता थपलिया, दोश्रो उप बिजेता मिस डिसिप्लिन टाइम्स कलेकी अस्मिता गैरे, तेश्रो उप बिजेता मिस गोल्डेन गेट कलेकी फोटो जेनिकनिलिमा पराजुली भएकी छन् ।

त्यस्तै मिस क्याटवाक अलिसा श्रेष्ठ, वेष्ट पर्सना लिटी सुस्मा दिक्षित, मिस ट्यालेन्ट पुजा मगर, वेष्ट ड्रेस आइसा श्रेष्ठ, मिस ब्लीकरिना राजथला, मिस भ्युवर च्वाइस श्रीजना पाख्रिन, मिस पब्लिक च्वाइस, वेष्ट स्माइलसिमरन सुबेदी, व्युटीफुल आइजयुलिना घोषित भएकी छन् ।

त्रिनिटी मार्केटिङले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आइरहेको छ भने यो दोश्रो ऋतु प्रतियोगिता हो । त्रिनिटी मार्केटिङ कि संचालिका/संस्थापक सुनीता ढुंगाना को पिता को नाममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्नका लागि कृष्णप्रसाद ढुङगाना स्मृतीपत्रको स्थापना गरेको छ । उक्त सम्मानबाट कलाकार, निर्देशक दिपाश्री निरौला सम्मान गरिएको छ ।

कार्यक्रम पूर्व उद्योगमन्त्री महेश बस्नेत को प्रमुख आतिथ्यमा भएको थियो l सुनीता ढुंगाना कि माता गौरी देवी ढुंगाना तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले दिपाश्री निरौला लाई सम्मान गरेका थिए l सुनीता ढुंगानाले अमेरिका बाट संचालित ईनेप्लिज संग कुरा गर्दै आफूले आयोजना गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिने बताइन l

No comments:
Post a Comment