Thursday, January 25, 2018

नेपाली चलचित्रमा अमेरिकन प्रहरीको पोशाक तथा कारको बबाल प्रयोग

अमेरिका जस्तो व्यस्त अनि कठिन देशमा नेपाली चलचित्रको छायाँकन त्यो पनि अमेरिकन प्रहरीको ड्रेस तथा सवारी प्रयोग गरेर गरिनु अत्यन्तै चुनौति नै मानिन्छ।

हम्मेसी अमेरिकामा रहेकाहरुले पनि सजिल्लै गर्न नसक्ने कार्य क्यानाडामा रहेका नेपाली कलाकार ईश्वर थापाले गजबले गरेर कमालै देखाइदिएका छन्।

रिसुट गरिएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको दृश्यमा अमेरिकाको न्यूयोर्क प्रहरी डिपार्टमेन्टको प्रहरी कार, प्रहरी ड्रेस तथा प्रहरी गन समेत प्रयोग गरेर हिंउ परेको न्यूयोर्क शहरमा सफलतापूर्वक छायाँकन गर्ने कार्य भएको छ।

हिंउ परेको न्यूयोर्क शहरमा दिउंसै लाइट बालेर कठिनतापूर्वक अमेरिकन न्यूयोर्क प्रहरीको संंयन्त्र सहित सहज रुपमा छायाँकन गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्देशक समेत रहेका कलाकार ईश्वर थापाले भिजन संसारलाई बताएका छन्। हम्मेसी अमेरिकन प्रहरीको पोशाक, कार तथा गन लगायतका सामाग्री पाउन गाह्रो हुन्छ। त्यो गाह्रो अवस्थामा पनि सहज ढंगवाट निर्देशक थापाले प्राप्त गरेर बबाल छायाँकन गर्ने कार्य संपन्न भएको हो।

हलिउड फिल्मका प्रोडक्सन मेनेजर जेरीसंग क्यानाडादेखि नै चिनजान तथा दोस्ती भएको कारण जेरी मार्फत न्यूयोर्कमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालको छायाँकन गर्नका लागि आवश्यक अमेरिकन प्रहरीको सामाग्री उपलव्ध भएको हो। अमेरिकन न्यूयोर्क प्रहरीको कारको प्रतिघण्टा ६ सय अमेरिकन डलर तिरेर कार्य गरेका हुन्।

अमेरिकामा नै छायाँकन हुने नयाँ चलचित्रमा पनि अमेरिकन प्रहरीको पोशाक तथा कार प्रयोग गर्ने सोचमा रहेका निर्देशक थापा त्यस चलचित्रमा अमेरिकन एफबीआई प्रहरीको उच्च पदस्थ प्रहरी अधिकृतको भूमिकामा अभिनय गर्ने तर्खरमा रहेका छन्। नयां चलचित्रको छायाँकनको लागि पनि कलाकारहरुको छनौट गर्ने कार्यमा पनि निर्देशक थापा तल्लिन रहेका छन्।

त्यस चलचित्र नेपालमा दर्ता गर्ने प्रोसेसमा रहेका निर्देशक थापाले नवनियुक्त चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलले चलचित्र दर्ता गर्दा अव उप्रान्त कुनै संस्थाको सिफारिस नचाहिने व्यवस्था गरेर निक्के राम्रो कार्य गरेको भन्दै त्यस कदमको स्वागत गरेका छन्।

संस्थाको सिफारिस अनिवार्य गर्दा चलचित्र अमेरिकन बाबु मेड इन नेपालको चलचित्र विकास वोर्डमा दर्ता गर्दा आफूले पाएको त्यो दुःख अव नयाँ चलचित्र दर्ता गर्दा नहुने भएवाट थापा दंग परेका छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...