Sunday, January 28, 2018

भाबुक हुदै धुर्मुसले गरे यस्तो आग्रह , एकीकृत नमुना सन्तपुर बस्तीबाट भिडियो सहित !!

रौतहट जिल्लाको सनतपुर स्थित मुसहर वस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए, जहाँ मान्छे बस्न मिल्थ्यो। धेरैजसो घर भुईँमै लडेका थिए, बस्नै नमिल्ने गरी। सिन्धुपाल्चोक, काभ्रे र महोत्तरीमा एकिकृत वस्ती निर्माण गरेर विपतमा परेकालाई सहयोग गरेका धुर्मुस-सुन्तलिलाई लाग्यो सनतपुरलाई पनि सहयोग गर्नुपर्छ। उनीहरूका लागि पनि घर बनाउनुपर्छ।त्यसको २ महिना पछी, असोज २८ गते देखि सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरे।

यहि माघ २३ गते बस्ती हस्तारन्तरण गर्ने कुरा सिताराम कटेलले जनाएका छन् । धुर्मुस सुन्तलीले बनाएको सन्तपुर नमुना बस्ती हस्तारन्तरण गर्न अब लग
भग ७/८ दिन मात्र रहेको र भुक्तानीका लागि अझै ९० लाख जती सहयोगको खाचो छ भन्दै धुर्मुस भाबुक हुदै प्रस्तुत बह्येका छन् । साथै भिडियो सेयर गरेर सबै माझ पुराईदिन अनुरोध पनि गरेका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...