Saturday, January 27, 2018

नेपाली राजदूतावासमा नेपाली विद्यार्थीसँग अन्तरकृया

२७ जनवरी, वाशिंटन डिसी,
नेपाली राजदूतावास वाशिंटन डिसीमा प्रिमियर इण्टरनेशनल स्कूलवाट अमेरिकामा युनिभर्सल ल्याङ्ग्वेज तथा कम्प्युटर इन्सटिच्युटको अगुवाइमा शैक्षिक भ्रमणमा आएका ६ कक्षादेखि ९ कक्षासम्मका २८ विद्यार्थी, सो स्कूलकी प्रधानाध्यापिका शिरिष श्रेष्ठ, युनिभर्सल ल्याङ्ग्वेज तथा कम्प्युटर इन्स्टिच्युटका प्रमुख उत्तमप्रसाद पन्त , कोअर्डिनेटर सिध्दार्थ पन्त, अभिभावक समीता जोशीले राजदूत डा. अर्जुनकुमार कार्कीसँग अन्तरकृया गरे ।
शुरुमा राजदूतावासका तर्थवाट प्रथम सचिव चक्रकुमार सुवेदीले स्वागत गरेका थिए ।
त्यसपछि निभर्सल ल्याङ्ग्वेज तथा कम्प्युटर इन्सटिच्युटका प्रमुख उत्तम प्रसाद पन्त , प्रधानाध्यापिका शिरिष श्रेष्ठ, कार्यक्रमका कोअर्डिनेटर सिध्दार्थ पन्तले अमेरिकामा नेपाली स्कूलको विद्यार्थीहरुको उद्देश्य र औचित्यवारे प्रकाश पारेका थिए । विद्यार्थीहरुका विभिन्न प्रश्नहरुको राजदूतले उत्तर दिंदै नेपालको विकासको लागि चिन्तित रहेकोमा आफूलाई खुशी लागेको वताउँदै तपाईंहरुनै भोलिको नेपालको भविष्य हो भनेर वताएका थिए ।
विद्यार्थीहरुले निकै गहकिला प्रश्नहरु गरेका थिए भने राजदूतले सवैसँग प्रश्न गर्नुहोस् भन्दै हौस्याएका थिए ।
नेपाली विद्यार्थीहरुलाई शैक्षक भ्रमणमा अमेरिका ल्याइएको यो पहिलो पटक भएको वुझिएको छ र यसले भविष्यमा अमेरिकामा अध्यनका लागि आउन चाहने वोद्यार्थीका लागि निर्णय गर्न सजिलो हुने अपेक्षा गरिएको उत्तमप्रसाद पन्तले वताए ।
(www.vpkonlinenews.com सँगको सहकार्य)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...