Sunday, January 28, 2018

कविराज र लक्ष्मणको लोकदोहोरी गित “तिमी रुदाँ तिम्रै आँसु बनि झर्ने छु” (भिडियो सहित)

आर पोखरेल , विराटनगर , माघ १५
बुतिबाङ म्युजिक प्रा लीको प्रस्तुतिमा कविराज शाहि र लक्ष्मण पोर्तेलको लोकदोहोरी गित“तिमी रुदाँ तिमै्र आशुँ बनि झर्ने छु  ” भखरैबाट बजारमा आएको छ । माया प्रेमका वियोगान्त भावहरुलाई शब्द चित्रको माध्यमबाट गितमा समेटिएको छु । विछोडको पिडालाई कस्ले पो भुल्न सक्छर ? मायामा भएको विछोडमा आइपर्ने अवस्थालाई भुल्नै नसक्ने पिडाहरु गितको भिडियोमा रहेको छ ।
बुर्तिवाङ  म्युजिक प्राली मार्फत बजारमा आएको गीतमा  तथा गायक आशिष विसी र लक्ष्मण पोर्तेल र देवि धर्तिको स्वर रहेको छ । गितमा कविराज शाहि र लक्ष्मण पोर्तेलको शब्द तथा कविराज  शाहिको संगित रहेको छ  । गितको भिडियोमा कलाकारहरु गोविन्द केसी र मिना क्षेत्रीको अभिनय रहेको छ । नविन विष्टको छायाँकन , विपिन खड्काको सम्पादन र विपिन खड्काको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।गितलाई बुर्तिबाङ म्युजिक प्रालिका प्रबन्ध निर्देशक मोहन विरही श्रीपालीले बजार ब्यावस्थापन गरेका हुन । गितको भिडियो नेपालगञ्जका विभिन्न रमर्णिय स्थानमा छायाँकन गरिएको हो ।
हेर्नुहोस भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...