Tuesday, January 30, 2018

राष्ट्रिय पुस्तक नीति ल्याउनुपर्ने

पोखरा, १६ माघ: शिक्षा राष्ट्र विकासको आधार भएकाले नेपालीमा पठन संस्कृतिको विकास आवश्यक रहेकामा जोड दिइएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आज पोखरामा सम्पन्न ११औँ वार्षिक साधारणसभा एवम् विधान अधिवेशनका सहभागी वक्ताहरुले पाठक, लेखक र प्रकाशक सबै पक्षलाई समेटर राष्ट्रिय पुस्तक नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

साधारणसभाको उद्घाटन गर्दै नेकपा (एमाले)का नेता एवम् प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारीले बिक्री–वितरण एवम् प्रशासनमा देखिएका विकृतिको अन्त्यका लागि सरोकारवाला सबैको चासो पुग्नु आवश्यक रहेको बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीय व्यवस्थाअनुसार अबका नीति बन्ने बताउँदै पुस्तक तथा स्टेशनरी व्यवसायीका सकारात्मक मागमा महानगरले सहयोगी भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले विधान अधिवेशनले पाठक, लेखक, प्रकाशक तथा व्यवसायी सबैका हितलाई समेट्ने गरी विधान संशोधन गरिन लागेको जानकारी दिनुभयो ।

महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार सभापति धनराज आचार्यले पुस्तकको खरिदकर्ता बढे पनि पठन संस्कृतिको विकास हुन नसकेको बताउनुभयो ।

साधारण सभामा मुलुकका ७७ जिल्लाका २०० प्रतिनिधिको सहभागिता रहेको महासंघका केन्द्रीय सचिव ऋषिराम शर्माले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...