राजविराज, माघ ११ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले कांग्रेसलाई विपक्षमा बस्न जनादेश दिएकाले त्यसबाहेक अरु भूमिका खोज्नु गलत हुने बताएका छन् ।
बिहीबार सप्तरीको राजविराजमा एक डेरी उद्योगको उद्घाटन गर्दै नेता कोइरालाले जनतामा स्थीर सरकारको चाहना रहेकाले अबको सरकार वाम गठबन्धनले नै बनाउनुपर्ने बताए ।
स्थीर सरकार दिने दाबीका साथ वाम गठबन्धन प्रस्तुत् भएकाले जनचाहना पूरा गर्न वामलाई अवसर पनि भएको उनको भनाइ थियो ।
वाम गठबन्धन देश विकास र मधेसको समस्या समाधानमा आगाडि बढे आफूहरुको साथ र सहयोग रहने उनले बताए ।
No comments:
Post a Comment