Wednesday, January 24, 2018

सवारी साधन चलाउन सबै भन्दा खराब मध्ये कै राज्य म्यारिल्याण्ड

पछिल्लो प्रतिबेदन अनुसार सवारी साधन चलाउन सबै भन्दा खराब मध्ये कै राज्यमा म्यारिल्याण्ड परेको छ l वालेटहब ले गरेको सर्वेक्षण अनुसार मेरिल्याण्ड राज्यकै तेश्रो सबै भन्दा खराव सवारी साधन चलाउने राज्य बताएको छ l

वालेटहले उक्त प्रतिबेदन व्यस्त समय ,औसत सवारी साधन को समय तथा कति दूरी व्यक्तिले चलाएको जस्तालाई समेट्दै उक्त सूचना जारी गरेको हो l मेरिल्याण्ड राज्य यातायात अनुशासनहीनता को वर्गमा पनि निकै असन्तोषजनक पाइएको छ l जस अन्तर्गत सवारी साधनहरुले छिटो/द्रुत गतिमा कुदाएको ,आक्रमणशील हकाई ,कर्कश रोक्ने शैली ,खराव घुमाई तथा सवारी साधनमा संचार माध्यमको प्रयोग गर्नेमा परेको छ l

तैपनि म्यारिल्याण्ड सवारी साधन स्थल अड्डा स्थल (पार्किङ्ग लट )तथा यानशाला (गराज )प्रति व्यक्तिमा नवौ स्थान मा परेको छ l डिसी महानगर क्षेत्र कै भर्जिनिया राज्य भने अमेरिकाका सम्पूर्ण राज्यहरुमा १३ औ स्थानमा उत्कृष्ट सवारी साधन चलाउने राज्यमा परेको छ l यसको साथै भर्जिनिया इन्धन शुल्क,सवारी साधन मर्मत तथा बिमामा निम्न शुल्क पर्दछ l यसको साथै भर्जिनिया सवारी साधन चोरी हुने कम राज्यमा गणना हुन्छ l

टेक्सस सवारी साधन कुदाउन सबै भन्दा उत्कृष्ट मानिन्छ भनि डब्लुटिओपीमा समाचार छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...