Wednesday, January 3, 2018

रवी लामिछानेको ‘एग्रेशिभ पत्रकारिता’ बाट नेपालमा सुसंस्कृत राजनितिको स्थापनामा सहयोग -सुनिल मणि दाहाल

नेपालमा मौलाएको बेथिती र बिसँगतीले नेपाल भित्र मात्र हैन नेपाल बाहिर उच्च शिक्षाकालागी गएका, रोजगारीको अवसरको सदुपयोग गर्दै गरेका र जिविकायापन गर्ने अवसर पाएका नेपालीहरु अत्यन्त चिन्तित छन । यसै बिच , देशको बिग्रदो अवस्थामा स्वदेश फर्केर केहि योगदान गर्ने सङ्कल्प लिएर डेढ दशक लामो अमेरिका बसाई पस्चात एक युवक स्वदेश फर्किए। उनी हुन – पत्रकार रवी लामिछाने । बिगत तीन बर्ष देखी नेपालमा पत्रकारिताको माध्यमले नेपाल र नेपाली जनताको ढुकढुकी बनेर उदाएका रवी ” जनतासँगको सिधा कुरा” नामक टेलीभिजन कार्यक्रम संचालन गर्दै आएका छन। यस प्रकार नेपाली पत्रकारीताका क्षेत्रमा आम संचारकर्मी भन्दा अलग ‘एग्रेशिभ पत्रकारिता’ को भूमिकामा रवी लामीछाने देखा परेका छन् ।

देशका जल्दा बल्दा समस्याहरुलाई राज्य समक्ष प्रस्तुतु गर्ने र जनतालाई सुसुचित गराउने दाहित्व राज्यको चौथो अंग पत्रकारिताको हो भने ती समस्याहरुको समाधान गर्ने दाहित्व राज्यको हो । मुलुकमा लामो समय देखी अस्थिर रहेको सरकार , राजनितिक परिवर्तनबाट राखिएको आशा र भरोशा अनुरुपका कार्यहरु सम्पादनमा असफलता र जनताका समस्याहरु समाधान गर्न असक्षम राज्य सन्यन्त्र भएको अवस्थामा पत्रकार रवी लामिछानेले ‘एग्रेशिभ पत्रकारिता’ जस्तो चुनौतीपूर्ण अभियानको शुरुवात गरेका छन। सेवा प्रदान गर्ने राज्यका संयन्त्रहरूवाट सहयोग नपाई पिडित हुदै आश मारेका दुखी जनताहरुको बढदो लर्को यती बेला सहयोगकालागी रवीको शरणमा पर्न थालेका छन । गलत राजनितिक सस्कारका कारणले देशमा मौलाएको बेथिती , भ्रष्ट्र्चार र सेवाग्राही प्रती राज्यको गैर जिम्मेवारीपूर्ण ब्यबहारलाई सार्वजनिक गर्दै , पिडितहरुलाई न्याय प्रदान गर्ने काममा सरकारलाई दवाब दिन सफल हुँदै आएका रवीले बहुसंख्यक नेपालीहरुको मन जित्न सफल भएका छन ।

देश र जनताको सम्वृद्धि र बिकासका लागी ईमान्दारिता, क्षमता र इच्छा शक्ति आवस्यक हुन्छ । यी गुण भएका व्यक्तिहरु नेपालमा छन तर यस्ता व्यक्तिहरु नेत्तृत्व सम्म पुग्नै पाउदैनन वा पुग्ने राजनितिक सस्कार नै छैन फलस्वरूप त्यस्ता व्यक्तिहरु आफ्नो भाग्य कोर्नका लागी कोही खाडी त कोही अन्य मुलुकमा जान बाध्य हुन्छन ।अनि , त्यही पुराना र पुरातनबादीहरुको कब्जामा देश रहने गरेको अवस्था आजको नेपालको हो ।त्यही ब्यक्ती, त्यही आचरण र त्यही बेथितीका बिच फोहोरी राजनितीको टेकोबाट देश सम्बृदीको दिशामा पुग्दैन यसका लागी जनताको चेतनाको बिकाश गर्दै सुसंस्कृत राजनितीको टेकोमा देशलाई आफ्नै जिवनकालमा सम्बृद्द बनाउने अठोट लिएर अर्का पूर्व पत्रकार रविन्द्र मिश्र पनि राजनितिमा होमिएका छन । त्यस्तै, पूर्व सचिव किशोर थापा लगायत पुर्वधार बिज्ञ डा सूर्य राज आचार्यहरु पनि सुसंस्कृत राजनितिको स्थापना गर्दै देश बनाउने अभियानमा लागेका छन ।यस प्रकार चौतर्फि दवावका कारण पुरातनवादीहरूको सातो जान थालेको छ।

सुसंस्कृत राजनितिको स्थापनाका लागी रवी लामिछनेको सिधा कुरा जनतासंगले एउटा सहयोगी भूमिका खेलेको पाईन्छ । यस कार्यक्रम मार्फत गैर कानूनी काम गर्नेहरुको होस् उडेको छ, सयौ सरकारी कार्यालयमा हुने भष्ट्रचारको पर्दाफास भएको छ, सयौ सोझा साझा नेपालीले आफ्नो समस्या र पिर मर्का समाधान गर्ने बिश्वाशिलो माध्यमका रुपमा यस कार्यक्रमलाई पाएका छन् । जनताको मन जित्ने र जनतालाई सचेतना प्रदान गर्ने जस्तो महत्वपूर्ण कामका लागी रवी लामिछानेको ‘ एग्रेशिभ पत्रकारिता ‘ लाई प्रशंसनिय कार्यका रूपमा हेरिएको छ। देश निर्माणका लागी सचेतवर्गहरू अगाडी वढनुलाई सुखद मान्नु पर्दछ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...