Friday, January 26, 2018

‘खाद्य सुरक्षा र पोषणका लागि दीर्घकालिन रणनीति आवश्यक’

काठमाडौं, माघ १२ । नेपालमा खाद्य सुरक्षा र पोषणका लागि दीर्घकालिन रणनीति आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

भोक र खाद्य असुरक्षाबारे काठमाडौंमा भएको कार्यक्रममा सरोकारवालाहरुले नेपालमा खाद्य सुरक्षाको दीर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिएका हुन् । खाद्य सुरक्षा र पोषण सम्बन्धी नीति, योजना र संस्थागत संरचना फितलो रहेको उनीहरुको निष्कर्ष छ ।

कृषि मन्त्री रामकृष्ण यादवले नेपालमा खाद्य सुरक्षाको अवस्थामा चुनौती थपिदै गएको भन्दै सरकारले विशेष नीति बनाएर अगाडि बढ्ने बताए । नेपालको भोकमरी र कुपोषण घटाउने दिशामा उल्लेखनीय प्रगति भए पनि त्यो दीर्घकालिन नभएको उनको भनाइ थियो ।

नेपालमा झण्डै ४१ प्रतिशत मानिसको न्यूनतम क्यालोरी उपभोगमा अझै पहुँच पुग्न नसकेको मन्त्री यादवले बताए । सरकार चाँडै शुन्य भोकमरीतर्फ उन्मुख हुने र राष्ट्रिय गरिबीलाई उल्लेखनीय रुपमा घटाउने लक्ष्य प्राप्तिका लागि योजना बनाउने जिकिरसमेत उनले गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...