Tuesday, January 30, 2018

रकम ठगी गर्न खोज्ने पक्राउ

काठमाडौँ, १६ माघ : आइएमओबाट चिठ्ठा प-यो भनि झुक्काएर रकम ठगी गर्न खोज्ने सर्लाही घर भएका २२ वर्षीय अमिर हुसेन सोमबार पक्राउ परेका छन् ।

चिठ्ठा परेको रकम लिन पहिला केही रकम दिनुपर्छ भनि सर्वसाधारणले पठाएको रकम लिन आफ्नो फोटो टाँसी गलत नाम ठेगाना रहेको लाइसेन्सको कलर प्रिन्टलाई लेमिनेशन गरेर लगेको अवस्थामा काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित प्रभु मनिट्रान्सफरबाट उनलाई सर्वसाधारणले नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा बुझाएका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...