Sunday, January 28, 2018

जीवन भर कहिले यस्तो मौका नआउने ,पहिलो र अन्तिम : स्मरण


विजय थापा वाशिंगटन डिसी ,सामाजिक संजाललाई मान्नै पर्छ l फेसबुक(मुहार पुस्तिका)ले २ बर्ष अगाडि लेखेको लेख पुन : दोहोर्याई दिएको छ l चन्द्रमा दाहिने भएर होला ,सौभाग्यले देशका ४ प्रधान मन्त्रिहरु संग प्रत्यक्ष भेट गर्ने मौका जुर्यो l ठोकुवा साथ भन्छु ,जीवन भर कहिले यस्तो मौका पाउदिन l

त्यसैले हिस्सा गर्न मन लाग्यो l शायद त्यसैले राष्ट्र कै हस्तीका कार्यक्रममा कार्यक्रम गर्ने मौका मिल्यो l भाग्यशाली बने l ठुला कुरा पनि हैन l आफु बर्ष २४ देखि नेपाली मात्र बोल्ने तर स्व गिरिजा प्रसाद कोइराला प्रमुख अतिथि भएको समयमा अंगेजीमा उद्घोष गर्नु पर्ने अवस्था आई पर्यो l

नाक कान घाटी (ईएनटि )रोग चिकित्सकका बिशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा मौका पाए त्यो पनि अंग्रेजीमा गर्नु पर्ने l नाक कान घाटी (ईएनटि ) बिशेषज्ञ चिकित्सक मदन कोइरालाले बिराटनगरमा त्यो मौका दिए l

प्रमुख अतिथि स्व गिरिजा बाबुलाई मैले देशले रगत मागे ,मलाई बलि चढाउनु भन्ने गित गाउदै सुरुवात गरे l र बिदेशीहरुको सहित सहभागिता रहेको उक्त सम्मेलनमा अंग्रेजीमा गीत सार भनि दिए l

तर स्व गिरिजा प्रसाद कोइराला प्रधान मन्त्रि हुनु हुन्थ्यो l वहालाई अति समयको अभावको कारण मलाई आयोजकले नभनी स्वयम् प्रमुख अतिथि कोइरालाले नै भाई छिटो गर्नुस त भनि गाली गर्नु भयो l

स्व सुर्य बहादुर थापा ,एक कार्यक्रमको शिलशिलामा मोरंग ,बिराटनगरको रत्ना होटल (अतिथि गृह )मा आफुले कार्यक्रम गर्दा प्रसंसाको साथै हर्ष व्यक्त गर्नु भएको थियो l अंग्रेजी नमिसाई नेपाली मात्र बोल्दा छक्क पर्नु भएको थियो l

अर्का प्रधान मन्त्रि सुशील कोइराला पटक पटक अमेरिका आई रहने गर्नु हुन्त्यो l आफु पनि संघ तथा संस्थामा आबद्धको साथै पदाधिकारी नै भएकोले कार्यक्रम संचालन गर्न नपाउनु भनेको ठूलो कुरा हैन l २- ४ पटक नै गरे होला l कार्यक्रम संचालक भएको हैसियतले मैले सम्झनु पर्दा वहाले पटक पटक माओबादीको कारण संबिधान लेखनमा ढिल र सुस्ती भएको स्पस्ट भन्नु हुन्थ्यो l तर वहाले संबिधान ल्याएर नै छोड्नु भयो l हामी वहालाई कदापी बिर्सने छैनौ l

पूर्व प्रधान मन्त्रि के पी शर्मा ओली संग पनि अमेरिका आएको समयमा आफूले कार्यक्रम संचालन गर्ने मौका पाए l अमेरिका सम्भवत वहा स्वास्थ्य परिक्षणको लागि सन् २०१० मा आउनु भएको थियो l

वहा संग भएको साक्षात्कार अलिक रमाइलो पनि हुन् पुग्यो l पूर्व प्रधानमन्त्री मन्त्रि ओली संग बिजया दशमीको अस्टमी को दिन कार्यक्रम जुर्यो l उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी ले गरेको थियो l

केपी शर्मा ओली ले अति नै राम्रो विचार पस्कनु भएको थियो l पूर्व प्रधान मन्त्रि ओलीको सवाल जवाफ उत्कृष्टमा महा उत्कृष्ट रहन पुग्यो l वहाले संबिधान लेखन अपरिहार्यता भएकोले कुनै पनि हालतमा संबिधान लेखन तार्किक बिन्दुमा पुर्याउनु पर्छ भन्ने दृढ संकल्प लिनु भएको थियो l माओबादीलाई मानिस बनाएर छोड्ने कुरा भन्नु भएको थियो l एमाले संग निर्वाचनमा माओबादी बाम गठबन्धन मा सरिक भई दोश्रो ठूलो दल बन्न पुगेको छ l

अमेरिकामा एक दशक बिताई सके l जीवन मा यस्तो अब गर्न कहिले सक्दिन l यस्तो सुनौलो मौका कहिले पाउने छैन ४ वटा प्रधान मन्त्रिको कार्यक्रममा बिशेष व्यक्तित्वहरु संग भेटघाट गर्न पाउनु र कार्यक्रम संचालन गर्न पाउनु मेरो लागि निकै अर्थ लाग्छ l अविस्मरणीय क्षण को रुपमा मैले लिएको छु l

अब केवल सम्झनामा मात्र रहने छ l हाल एक जना मात्र पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली मात्र जीवित हुनु हुन्छ l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...