Tuesday, January 2, 2018

सडक महोत्सबमा पुराना चर्चित गाएक पूर्ण नेपालीको प्रस्तुति(भिडियो सहित)

“आहा कलिलो तामालाई सोध आमालाई” यो गित नसुन्ने नेपाली सायद छैनन होला अझ यो गितमा धेरै नाचेका छन्,रमाइलो गरेका छन् यो संगै “१६ बर्षे उमेरमै मै पनि झिल्के हुदोहु” “ए भेना यो साल किन देउन पछेउरी मलमल” “नानि त रैछौ हाम्रै दामली” तर दुखका साथ भन्नु पर्ने हुन्छ पछिल्लो पुस्ता धेरै ठाउमा र धेरै पटक यो गितमा रमेको छ तर यो कालजयी गितका सर्जकलाई कमले मात्र चिन्छन

उनि हुन् बहुप्रतीभाका धनि गाएक,संकलक,संगीतकार पूर्ण नेपालीहुन्. अंगेजी नयाँ वर्षमा उनै पुराना गितका सर्जक तथा गाएक पूर्ण नेपाली सडक महोत्सवमा सम्मानित् हुनुभएको छ.साथै गायक पूर्ण नेपाली पहिलोपटक महोत्सबमा गित गाउनु भएको छ.

नेपाली लोक संगीतलाई गर्विलो बनाएका यी सर्जकलाई सायद उनले यो लोक छोडेपछी मात्र उनलाई धेरैले चिन्ने छन् र भन्ने छन् ए यो गित त सुनियो तर गाउनेलाई चिन्न सकीएन.उहालाई सम्मान सहित पूर्ण नेपालीले सडक महोत्सबमा गायको गित हेर्नुहोस !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...