बानाद्वारा सामुदायिक भवन खरीद एवं जनवरी २१ मा उक्त भवन उद्धघाटन सम्बन्धमा अपिल
बानाले सामुदायिक भवनको लागी २०११ मा पण्डित दिनबन्धु पोखरेलद्वारा लगाईएको महापुराणमा बाचा गर्नुहुने दाताहरू र हाल २०१७/१९ कार्यसमितिले यसलाई पूर्णता दिनको लागी गरीएको सहयोग आव्ह्वान स्वरुप, यहाँहरूको सहयोगले हामीले केहि दिन अगाडी मात्र भवन लिन सफल भएका छौं । यस महान कार्यमा सहयोग गर्नुहुने समाजसेवी दाताहरू र संपूर्ण बाल्टिमोर निवासी दाजूभाई दिदीबहिनीहरूमा हार्दिक आभार तथा धन्यावाद ब्यक्त गर्दछौं। साथसाथै नव वर्ष २०१८ को उपलक्ष्यमा यहाँ हरू सबैको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ । यस भवनको उद्घाटन कार्य यहि जनवरी २१ मा गर्ने कार्यक्रम भएकोले सबै सहयोगी र शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा समेत गर्दछौ ।
यस सामुदायिक श्रोत केन्द्र भवनमा दुई तला छन् । पहिलो तलामा सार्वजनिक कार्यक्रम, सामुदायिक भेटघाट तथा मझौला पार्टी तथा कार्यक्रम गर्न सकिने छ र दोश्रो तलामा बानाको कार्यालय लगायत केहि अन्य संस्थाहरुको कार्यालय कक्ष बनाउने र ४० जना सम्मको लागी मिटिड् कक्ष बनाउनेको लागी तयार गरीएको छ । यस भवन भित्र नेपाल र नेपाली सांस्कृतिक झल्काउने खालका सामाग्री चित्रकला र वस्तुहरूको प्रदर्शनी हुनेछ । यस सामुदायिक श्रोत केन्द्रमा सँचालन गर्न सकिने र गर्न लागीएका कार्यक्रम र योजनाहरू यस प्रकार रहेका छन ।
क) पार्टी हल (१०० देखी १३० जना सम्मको लागि)
ख) बाना कार्यालय
ग) नेपाली भाषा कक्षा
घ) नेपाली कलासंस्कृति सम्बन्धि बिभिन्न कार्यक्रम
ड.) रोजगारी केन्द्रको स्थापना
च) सुचना केन्द्रको स्थापना
छ) साना तथा मझौला ब्यवसाय सम्बन्धि तालिम तथा कार्यशाला
साथै भबिश्यमा नेपाली समुदायका लागी आबश्यक अन्य जुनसुकै कार्य गर्नको लागि पनी बानाको कार्यालय प्रयोग गर्न सकिने छ । यस भवन खरीद गर्नको लागी बाना कार्यसमिति २०११/१३ मा जग हाल्ने कार्य भएको थियो । २०११ मा पण्डित दिनवन्धु पोखरेलद्वारा महायज्ञ गरी समाजसेवीहरूले भगवान साक्षी राखेर रकम वाचा गर्नुभएको थियो । यस कार्यलाई २०१३/१५ कार्यसमिति र बिभिन्न कठिनाइ र उतारचढावका बावजूद पनि २०१५/१७ कार्यसमितिले निरन्तरता दिने कार्य भयो । तर २०१७/१९ कार्यसमितिले बानाको सामुदायिक भवन खरिदकोे कार्यलाइ मुख्य उद्देश्य बनाई अगाडी बढायौं । यस महान कार्यमा सहयोग गर्नुहुने बाना कार्यसमिति, सल्लाहाकार, प्राविधिक तथा आर्थिक समितिका सदस्यहरू साथै समितिमा नरहेर पनि यस कार्यमा लगातार लागीरहनुहुने महानुभावहरू संपूर्ण दाताहरू र पण्डित दिनवन्धु पोखरेललाइ धन्यवाद दिन चाहन्छु। त्यसै गरी ऋण लिनको लागी ब्यक्तिगत रूपमा जिम्मेबार बसी यस सामुदायिक श्रोत केन्द्र स्थापनाको लागी संभव तुल्याउनु हुने महानुभावहरू प्रति धन्यवाद दिन चाहन्छु । समग्रमा यस कार्यको लागी आर्थिक भौतिक तथा नैतिक रूपमा सहयोग गर्नुहुने संपूर्ण सहयोगी हातहरू धन्यवादका पात्र हुनुहुन्छ ।
यस अवसरमा बाल्टिमोर र अन्य क्षेत्र बस्नुहुने संपूर्ण नेपाली तथा गैर नेपाली दाजूभाई दिदीबहिनीहरूमा फेरि बिनम्र अनुरोध गर्न चाहन्छु साथै आशा र विश्वास लिएको छाै, तपाईहरूले महायज्ञमा भगवानलाई साक्षी राखेर भगवानको नाममा बोलेको रकम पक्कै पनि प्रदान गर्नुहुनेछ र केहि महानुभावहरूले प्रतिबद्ध गर्नु भएको रकम प्रदान गरीसक्नु भएको छ र केहिको रकम बाँकी छ । त्यसैले आउनुहोस् स्वच्छ मनले सक्दो सहयोग गर्नुहोस् । हामीलाई सहयोगको खाँचो छ हामीले केहि रकम उठाएर बुझाउन सफल भयौं भने केहि रकम ऋणमा लिएका छौं त्यसैले तपाई हामी सबैले सकेको सहयोग गरौं अहिले सम्म सहयोग गर्न चुक्नु भएका हरूको लागी उपयुक्त अवसर पनि हुनेछ । यदि हामी सबैले सकेको सहयोग गर्यौं भने संपूर्ण रूपमा ऋण चुक्ता हुनेछ र हाम्रो समाजको लागी उपयोगी केन्द्र सजिलै संचालन हुनेछ । यस महान कार्यको लागी सहयोग प्रतिबद्धता गर्नुहुने महानुभावहरूले हामीलाई केहि रकम दिनुभएको छ र दिन बाँकी रकम उठाउनको लागी यस भवनको खरीद प्रकृया संपन्न भईसकेपछि बाना कार्यसमिति, सल्लाहाकार तथा यस कार्यमा लागी पर्ने समाजसेवीहरू मार्फÞत यथासक्य छिटो र संभव नभएमा दाताहरूलाई किस्तामा उठाउने प्रयास जारी छ । साथै यस कार्यलाई चुस्त र ब्यबस्थित गर्नको निम्ति Trustee र Management Board गठन गरी तुरून्तै त्यस समिति मार्फत थप योजनाका साथ सहयोग रकम संकलनको लागी अगाडी बढ्दै छौं ।
बानाको आगामी जनवरी २१, २०१८ मा भवनको उद्घाटन कार्यक्रम रहेकोले यसको भब्य रुपमा सफल बनाउन बानाको मामुदायीक भवन संचालनको लागी निम्न बमोजिक जिम्मेबारी प्रदान गरीएको जानकारी समेत गराउन चाहन्छौ ।
No comments:
Post a Comment