Thursday, January 25, 2018

अमेरिकामा नेपाल आइडल कन्सर्ट -मिडियाले श्रमको पारिश्रमिक पाउनु पर्दछ

सुनिल मणी दाहाल भर्जिनिया ,प्रविधिको द्रुत बिकास सगै संचार क्षेत्रले ठुलो फटको मारेको छ । त्यसमा पनि सामाजिक संजालको लोकप्रियता र त्यसको अत्यधिक प्रयोगले बिश्वलाई सानो बनाई दिएको छ । प्रवासमा रहेका नेपालीहरुको मातृभूमि प्रतीको तिर्सना मेटाउने प्रमुख माध्यम नै सामाजिक संजाल भएको छ । सामाजिक संजाल मार्फत आफ्ना भनाई, बिचार तथा गतिबिधीहरुलाई एक आपसमा प्रवाह गर्ने चलन बढदो छ ।

यसै बिकास क्रम सगै आफ्नो मातृभूमि नेपाललाई एक आपसमा जोडन प्रवासमा धेरै अनलाईन मिडियाहरु संचालन गरीएका छ्न । थोरै भए पनि छापा पत्रीकाहरुको संख्या क्रमिक्ररुपमा बढदो छ। प्रवासबाट संचालित प्राय अनलाईन मिडियाहरुमा स्थानिय गतिबिधीहरु लगायत नेपालका समाचारहरुलाई पहिलो प्राथमिकताका साथ प्रकाशन गरिन्छन।

अब त रेडियोको जमाना पनि गयो । सबै पाठकहरु स्मार्ट भएका छन । पाठकहरुले आफ्नो हातमा भएको स्मार्ट फोनमा एक क्लिक गर्ना साथ विश्वको खबर, लेख र रचनाहरु तुरुन्त थाहा पाउने सुबिधा पाएका छन । यस्तो सुबिधा प्रदानका लागी अनलाईन मिडियाहरुको भूमिकालाई नकार्न सकिदैन ।

प्रवासमा अनलाईन मिडियाहरु दुखले चलेका छन । अधिकांस अनलाईन मिडियाहरुको भरपर्दो आर्थिक श्रोत छैन । केहि मिडियाहरु दाताले दिएको चन्दा सहयोग र सानो बिज्ञापनको भरमा दर्ता र नविकरण खर्च सम्म उठाउन सक्ने हैसियत राख्दछ्न । तर, केहि चलेका अनलाईन पनि छन जो दुखले आफ्नो सामान्य प्रसासनिक खर्च सम्म धान्न सक्ने हैसियत राख्छन ।

प्रवासमा आयोजना गरिने अधिकांश कार्यक्रमहरु प्राय नेपालमा कुनै बिशेष महत्वपुर्ण कार्यलाई सहगोग पुग्ने किसिमले आयोजना गरीएका हुन्छन । भर्खरै मात्र पप सम्राट ओम बिक्रम बिष्टको उपचार सहयोगका लागी नेपालीहरुले अमेरिकामा सांगीतिक कार्यक्रम आयोजना गरे । यस्ता पवित्र उदेश्यका लागी गरिने सबै कार्यक्रमहरुमा नेपाली मिडिया लगायत स्थानियहरुले भोलेन्टियर सहयोग पुर्याउदै आएका छन l र यस्तो सहयोग गर्नु सबै नेपाली भाषीहरुले आफ्नो कर्तब्य सम्झनछन l

नेपाल आइडल टप थ्री युएस टुर कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको जानकारीमा आएको छ । उक्त कार्यक्रममा नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रममा सहभागी हुने आयोजक केटिएम इनटरटेन्टमेन्टले जनाएको छ । अमेरिकामा एभेरेष्ट ईन्टरटेन्टमेन्टले उक्त सांगीतिक कार्यक्रम आयोजनाको जिम्मा लिएको समेत एक फेसबुक लाईभबाट जानकारीमा आएको छ ।

अमेरिकामा गरिने भनिएको नेपाल आइडल टप थ्री युएस टुर कार्यक्रमको मूल उदेश्यका बारेमा आयोजकले जानकारी गराएका छैनन । अर्को अर्थमा हेर्दा यो कार्यक्रम नितान्त नाफाका लागी वा ब्यबसायिक उदेश्यका लागी आयोजना गरीएको देखिएको छ । यस कार्यक्रमका नेपाली मिडिया पार्टनरहरु को को हुन, सो समेतको जानकारी आयोजकले दिएका छैनन । यसको अर्थ रहन्छ कि नाफाका लागी गरिने कार्यक्रमका आयोजक निशुल्क रुपमा अमेरिकाका मिडियाहरुलाई प्रयोग गर्न चाहदै छन ।

अमेरिकाबाट संचालित नेपाली मिडियाहरुको आर्थित अवस्था दर्हो छैन l र आफ्नो अस्तित्वका लागी दिन रात नभनी आफ्नो पत्रकारीता गर्दै आएका धेरै ईमान्दार मिडिया र त्यसमा आवद्द पत्रकार,लेखकहरु छन । यसको मतलव यो हैन कि अमेरिकामा सबै भोकै बसेका छन। मिडिया सँग आवद्द सबै आ आफ्नो काम गर्दछन् र खर्च जोहो गरेर आफ्नो मिडियालाई बचाउने प्रयास गरेका छन । तर , बिभिन्न भेषमा नेपालीले नेपालीको नै श्रम शोषण गर्ने गरेको घटनाहरु पनि नेपालीहरु बिच कुनै नौलो छैन।

यो अमेरिका हो र यहाँ श्रमको आदर गरिन्छ । यसै प्रसँगमा अमेरिकामा नेपाल आयडल लाईभ कन्सर्ट हुनु सुखद हो तर त्यस कार्यक्रमको जिम्मा पाएको आयोजक एभेरेष्ट ईन्टरटेन्टमेन्टले अमेरिकाका नेपाली मिडियाहरुलाई कार्यक्रमको प्रमोसनका लागी निशुल्क समाचार र प्रचार प्रसारमा लगाएको छ भने त्यो सरासर गलत हुनेछ ।

नाफा कमाउने वा व्यवसायिक उद्धेश्य लिएको कार्यक्रममा मिडियालाई काम लगाई मिडियाकर्मीको श्रम शोषण गरीनु हुँदैन्, उनीहरु आफ्नो श्रमको पारिश्रमिकका लागी बरावर हकदार छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...