Friday, January 5, 2018

चलचित्र ‘लालपुर्जा’ माघ ४ बाट देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आउदै

शिशिर सिंखडा
चितवन, २१ पौष ।
बहुप्रतिक्षित चलचित्र ‘लालपुर्जा’ माघ ४ बाट देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आउने भएको छ । मितेरी गाउँको सेरोफेरोमा छायाँकन गरिएको चलचित्र ‘लालपुर्जा’ दाजुभाईको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइ चलचित्रमा समावेश गरिएको छ । चलचित्रलाई छड्के चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । केही दिन अघि नै सार्वजनिक गरिएको ट्रेलर र गीतले भने युट्युवबाट नै दर्शकको साथ र माया पाउन सफल भएको छ । नेगेटिभ बुद्धको प्रस्तुति रहेको बहुप्रतिक्षित चलचित्र ’लालपुर्जा’ मा पुराना बरिस्ठ कलाकार हरिहर शर्माको साथसाथै  सौगात मल्ल, बिपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, मिश्री थापा, कमलमणि नेपाल, अनिल पाण्डे लगायतको अभिनय रहको छ । त्यस्तै फिल्मका अतिथि लेखक /उपन्यासकार कुमार नगरकोटी पनि चलचित्रमा बिशेष भूमिकामा देखिदैछन ।

विक्रम सिंह थारु र उमेश श्रेष्ठको संयुक्त निर्माण रहेको लालपुर्जालाई नरेन्द्र मैनालीको छायांकन, बिक्रम सिंह थारु र निगम श्रेष्ठको कथा, सुजित बिडारीको पटकथा, जेशन कुंवर ( नाइट ब्याण्ड ) को संगीत, सजन थापाको कला निर्देशन, राजेन्द्र मोक्तानको रङ्ग सम्पादन, किशोर आचार्यको स्थल ध्वनि, उत्तम न्यौपानेको ध्वनि सम्पादन र लोकेश बज्राचार्यको सम्पादन रहको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...