Tuesday, January 2, 2018

भव्य सांस्कृतिक मेला एवं भलिवल प्रतियोगीता चिलाउनेखर्कमा ।

मन गुरुङ, पौसा-१८ स्याङ्गजा।
मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा गाउँ स्तरिय पुरुष भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। नव प्रभात युवा क्लब भिरकोट,८ चिलाउनेखर्कमा उक्त कार्यक्रमको आयोजना हुने भएको हो।
‘देश निर्माणमा हाम्रो रहने छ साथ, बहुजातिय सद्भाव समतामुलक समाज´ भन्ने मुल नारा सहित क्लबको २०औं वार्षिक उत्सब एवं घागे पर्वको अवसर पारि उक्त कार्यक्रमको आयोजना गरिए हो।
कार्यक्रममा भलिवल प्रतियोगीता, मुजिकल चियर, घैंटो फुटाउने खेल, चम्चा दौड र ठेला फाल्ने प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिने छ। सांकृतिक कार्यक्रमका बीच मगर संस्कृति झल्काउने खालका विभिन्न नृत्यहरु प्रदर्शन गरिने छ। साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।
‘अाफनाे भेषभुसा, संस्कार र संस्कृतिको जगेर्नाका साथै खेलमा युवाहरुको स्तरोन्नति एवं प्रोहोत्सानको निम्ति यस्ता खाले कार्यक्रमको आयोजना गरेका हौँ’ कार्यक्रम संयोजक प्रशुन मगरले भन्नु भयो।
साथै ‘यस्ता खाले कार्यक्रमले गाउँ समाजको सर्वांगिक विकासमा समेत टेवा पुर्याउनेमा हामी विश्वस्त छौं’ -उहाँले भन्नु भयो।
माघ १ गते बाट सञ्चालन हुने उक्त कार्यक्रम दश दिन सम्म जारि रहने छ। प्रतियोगितामा सहभागी हुन चाहानेले पुस २७ गते बाट २९ गते सम्ममा आफ्नो खेल समुह दर्ता गराई सक्नु पर्नेछ। कार्यक्रम उद्घाटन समाज घर नजिकै रहेको खेल मैदानमा माघ १ गते पुर्वान्न्हा १०  बजे हुने क्लबका अध्यक्ष विवस मगरले जानकारी दिनु भयो।
भलिवल प्रतियोगिता तर्फ प्रथम, द्वित्तीय, तृत्तीय एवं सान्त्वना हुने समुहले पुरस्कारहरु क्रमस ५१,१११/-, ३५,५५५/-, २२,२२२/- र १३, ३३३/-  का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
उत्क्रिष्ट खेलाडि, अनुशासित खेलाडि, उत्क्रिष्ट डिफ़ेण्डर, उत्क्रिष्ट लिफ़्टर, उत्क्रिष्त स्पाइकर, उत्क्रिष्त ब्लकर र उत्क्रिष्त कुइकरले समेत ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। साथै प्रत्येक खेलमा मेन अफ द म्याच लाइ मेडल र प्रमाणपत्रले सम्मान गरिने छ।
त्यस्तै मुजिकल चियर, घैंटो फुटाउने खेल, चम्चा दौड र ठेला फाल्ने प्रतियोगितामा विजेता हुनेलाई नगद र प्रमाणपत्र द्वारा पुरस्कृत गरिने छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...