Thursday, January 25, 2018

उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए शपथ

काठमाडौं, माघ ११ । प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाइँलाई जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याललाई दिपायलको मुख्य न्यायाधीशमा र उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा शपथ गराएका हुन् ।न्याय परिषद्को सिफारिसमा उनीहरूलाई उक्त पदमा नियुक्त गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...