क्रिस्टल प्यालेसमा अंक गुमाएपछि मंगलबार वाटफोर्डविरुद्ध दबदबा कायम गर्दै सिटीले ३-१ को नतिजा निकालेको थियो ।
सिटी अहिले १५ अंकका साथ उच्च स्थानमा छ । यद्यपि बुधबार आर्सनलमाथि विजय हासिल गरेमा चेल्सीले अंक दूरी १४ मा झार्न सक्छ ।
वाल्कर घाइते भएपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले जितको खुशी राम्ररी मनाउन सकेनन् ।
उनले क्रिसमस आसपासको कठिन तालिकाप्रति आफ्नो निराशा अभिव्यक्त गरे । ‘हामी उनको चोट परिक्षण गर्दैछौं, यो धेरै ठूलो नहुन सक्छ,’ उनले पत्रकारहरुसँग भने ।
इत्तेहाद स्टेडियममा भएको खेलमा अन्तिम मिनेटमा लड्न पुग्दा वाल्करलाई हिपमा चोट लागेको थियो ।
‘विगतका साताहरुमा कति खेलाडी घाइते भए सबैलाई थाहै छ । हामी -खेलाडीहरुलाईं) मार्न गइरहेका छौं । फेडरेसनका मालिकहरुले जवाफ दिनुपर्छ,’ ग्वार्डिओलाले भने ।
उनले थपे, ‘खेल जारी रहनुपर्छ तर, उनीहरुले यसलाई नियन्त्रणमा राख्नुपर्छ । उनीहरुले खेलाडीको संरक्षण गर्नैपर्छ । मानिसहरु उनीहरुलाई हेर्न आउने हुन्, म्यानेजर वा प्रेेस सम्मेलन हेर्न आउने होइनन् ।’
म्यानचेष्टर सिटीका बेन्जामिन मेन्डी र गाबि्रयल जिसस पनि चोटका कारण मैदान बाहिर छन् । उनीहरु दुवैलाई घुँडाको लिगमेन्टमा चोट छ । केभिन डे ब्रुयनी प्यालेसविरुद्धको खेलमा जेसन पुन्चेओनको डरलाग्दो ट्याकलको शिकार भए पनि मंगलबारको म्याच खेलेका थिए ।
No comments:
Post a Comment