Thursday, January 4, 2018

आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रको विकास

प्रेमबहादुर शाही ,कुनै पनि देश आर्थिक समृद्धि हुनुको पछाडि पर्यटन क्षेत्रको विकासलाई प्रमुख रुपमा लिने गरिन्छ ।जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता पारिदैंन ती देशहरु समृद्धि पनि हुदैनन् । अहिलेमम्मको इतिहासलाई नियाल्दा जव पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता नदिएका सवै ओझेलमा छन ।देशको आर्थिक सम्पन्नताको मुख्य स्रोत भनेको नै यर्यटन क्षेत्रको विकास हो । पर्यटन क्षेत्रको विकास र त्यसवाट आर्जित मुद्राले देशको आर्थिक विकासमा टेवा पु¥याउछ ।हाम्रो देशमा पनि पर्यटन सम्बन्धी केही कामहरु भएका छन ।

तर राज्यले पर्यटन क्षेत्रको विकासलाई मेरुदण्डको रुपमा अझै पनि लिन सकेको छैन ।वर्षेनी पर्यटन सम्बन्धी विभिन्न योजना बनाई काम गर्ने गरिन्छ । तर उपलब्धी भने कम हुन्छ । जसरी योजना बनाईएका हुन्छन, त्यसरी नै काम भएको भए आज हाम्रो देशमा पर्यटनको ओइरो लाग्ने थियो । विगतका वर्षहरु भन्दा पछिल्लो वर्षहरुमा पर्यटन क्षेत्रको विकास तर्फ सवैको एकसाथ आवाज उठ्न थालेको छ ।युगौंदेखि राज्यले भने पर्यटन क्षेत्रको विकासलाई ओझेलमा पारेका कारण हामीले सोचेको जति देश समृद्धि हुन सकेको छैन । हाम्रो देश प्राकृतिक स्रोत साधनले धनी छ ।

यहाँ प्राकृतिक रुपमा निर्मित धरै पर्यटकीय स्थलहरु छन ।यी पर्यटकीय क्षेत्रलाईमात्र विश्वमाझ चिनाई पर्यटनलाई महिनौ पिच्छे हजारौंँ संख्यामा भित्रयाउन सकिन्छ । त्यसपछिे देश छाटो समयमा आर्थिक समृद्धिमा बन्न सक्छ । त्यसको लागि देशको मुख्य आर्यस्रोतको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा हामी सवै लाग्नु पर्दछ । अहिलेसम्म पनि राज्यको नजर पर्यटन क्षेत्रको विकासले देश समृद्धि हुन सक्छ, भन्नेमा ध्यान गएको छैन् ।पर्यटन क्षेत्रलाई सधै अपवाद बाहेक कहिल्यै पनि बहसको विषय नबनाईएका कारण हामी पछि प¥यौ । हामीले आन्तरिक तथा बाह्य पर्यटन हाम्रा धार्मिक सांस्कृति र इतिहासिक कला वस्तुको वास्तविकता कहिल्यै बुझाउन सकेका छैनौं । त्यसको लागि पर्यटन क्षेत्रको विकासमा ध्यान दिई आन्तरिक र बाह्य दुवै हवाई, यातायात, सडकहरुको स्तरउन्नती गरी भरपर्दो, सुरक्षित बनाउन आवश्यक छ ।

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वको बारेमा आम नागरिकहरुलाई बुझाउन आवश्यक छ । केही वर्षयता नेपालमा आउने पर्यटनको संख्या बृद्धि हुदै गएको छ । यो हाम्रो लागि एउटा राम्रो सन्देश हो । नेपाल पर्यटनका लागि प्रकृतिक दिएको उपहारको देश हो । नेपाल हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराचुरुङ्गी, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरु आदी यहाँका प्रमुख पर्यटकीय आकषण छ ।यीनीहरुको अवलोकन गर्न आउने पर्यटनबाट देशले मनग्य मुद्रा आर्जन गर्दछ । पर्यटनबाटै भित्रिएको मुद्राले देशको आर्थिक विकासमा टेवा पु¥याउछ । त्यसैले देशको आर्थिक विकास गर्ने र देशलाई समृद्धि बनाउन पर्यटन क्षेत्रको विकास गर्नु अती आवश्यक छ । नेपाल एउटा छुट्टै मौलिकता र प्राकृतिक सुन्दरताले भरीपूर्ण देश भएकाले समग्र देशको समृद्धिको लागि पर्यटन क्षेत्रको विकासमा सवै जुट्नु पर्दछ ।

लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...