Monday, January 1, 2018

शेर्पा किदुग अमेरिकाको बास्केटबल प्रतियोगिता सम्पन्न।

 

ल्हाक्पा गेलु शेर्पा, न्युयोर्क ,शेर्पा किदुग अमेरिकाले आफ्नो वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत “शेर्पा किदुग बस्केट्बल “खेल प्रतियोगिता गत डिसेम्बर २४ र २५ मा लाङ आईल्यान्ड स्थित वाईएमसीएको कबर हलमा सम्पन्न गरेको छ। उत्तर अमेरिकाभरिका नेपाली र अन्य हिमालयन समुदायका बस्केट्बल खेलाडीहरुबिच भएको अत्यन्त रोमान्चक र प्रतिस्पर्धात्मक खेल प्रतियोगितामा दुई महिला समुह र आठ पुरुष समुहले भाग लिएका थिए । प्रतियोगितामा न्युयोर्कका शोसटप्पर प्रथम, न्यात्री समुह दोश्रो र महिलातर्फ एनएसएसपी ए समुह प्रथम भएका थिए। शोसटप्परकै सोनाम लामाले म्यान अफ दि म्याचका उपधि प्राप्त गरे भने थ्री पोल सटरका उपधि न्यात्रीका ङवाङ शेर्पाले प्राप्त गरे।

न्युयोर्क स्थित नेपाली महावाणिज्य दूताबासका बाणिज्यदुत कृसु छेत्री, किदुगका अध्यक्ष उर्गेन शेर्पा र खेलकूद संयोजक फुर्बा शेर्पाले बिजयी खेलाडीहरुलाई पुरुस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । प्रथम पुरस्कार १५०० डलर र दोश्रो पुरस्कार ७०० डलर राखी आयोजना गरिएको खेल प्रतियोगितामा क्यानाडाका समेत खेलाडीहरुले भाग लिएका थिए।

उत्तर अमेरिकाभरीकै नेपाली समुदाय र अन्य नेपाली समुदायहरुबिच परिचय, भाईचारा र भात्रित्वको बिकास र खेलप्रति अभिरुची जगाउनकै लागि शेर्पा किदुग अमेरिकाले बिभिन्न खेलहरु सम्मिलित गर्दै हरेक बर्ष बृहत खेल प्रतियोगिता आयोजना गर्दै आएको छ। किदुगले यस अगाडि नै यस बर्षको समर खेल प्रतियोगिता अन्तर्गत भलिबल, फुटबल र गल्फ प्रतियोगिता आयोजना गरीसकेको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...