Wednesday, January 24, 2018

जीवनका रंगहरु ( Colors of Life):सुष्मिता बराल एवम् संजीव बराल

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने सुष्मिता बराल एवम् संजीव बराल l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?
– माया-घृणा, सुख-दुख, संघर्ष-चुनौती, आशा-निराशा, सफलता-असफलता को चक्र |

२) खुशी (Happiness) के हो ?
– जीवनका आवश्यकताहरुको परिपुर्तिले दिने आत्मस्न्तुस्टि हो |

३) कर्तव्य के हो ?
– आफ्नो र अरुको इच्छापूर्तिको लागि गरिने कार्य |

४) सम्बन्ध (Relationship) के हो ?
– एक-अर्काप्रतिको मजबुत भावना र स्नेहको संगम |

५) आत्मीयता (Intimacy) के हो ?

– पारस्परिक सम्बन्धलाई माया-प्रेम, स्पष्टता-आलोचना र आशा-भरोसाको माध्यम बाट सुमुधुर बनाउने सुत्र |

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...