Sunday, February 25, 2018

अमेरिकामा खुराफातीलाई सम्मान गर्‍यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले !

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा कवी, कलाकारहरुले आ अाफ्ना कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाच प्रस्तुत गरेर वाशिङटन डिसीको साहित्यिक र साँगीतिक माहोललाई नयाँ आयाम दिएका छन ।

प्रा. डा. हरिराज भट्टराई देखी खुराफाती हाकिम मनोज आचार्य सम्म, नीरा शर्मा, दुर्गा रिजाल, रामप्रसाद खनाल, प्रकाश नेपाल, भुप नारायण घर्ति मगर, परशु तिमल्सेना, पुस्कर पन्त, अम्बिका गुरुङ, मन थापा, सुनिता खत्री, बिमला निरौला, कमला खरेल, राम शरण हुमागाइँ, गुणराज लुइँटेल, अरुण रुपाखेती, अम्बिका गुरुङ, सुजना
ढकाल, शकुन्तला न्यौपाने, गोमा न्यौपाने, तारा न्यौपाने, पुस्पा घिमिरे, सिता लुइँटेल, खगेस्वर न्यौपाने, मोहन निरौला, बिना घर्ति मगर, सुस्मा खनाल लगायतका सबैका कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाचले अमेरिकामा पनि नेपाल र नेपालीको झल्को दिलाइरहेको थियो । ४ घण्टा चलेको उक्त कार्यक्रममा कवी तथा कलाकार पुस्कर पन्तको कविता सङ्रह नेपाल देखी अमेरिका सम्मको बिमोचन गरिएको थियो भने आयोजक हरुले अमेरिकाबासी नेपालीका तर्फ बाट खुराफाती उपनामले प्रसिद्धी पाएका अग्रज कलाकार मनोज आचार्यलाई वहाँले कला र साहित्यका क्षेत्रमा पुर्‍याउनुभएको योगदानअको कदर गर्दै सम्मान गरिएको थियो ।

यसै गरी अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजालाई पनि सम्मन गरिएको कार्यक्रममा कानुन एबम भाषा बिद डा. होमा बहादुर थापाले भाषा, साहित्य र सँस्कृतिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । महासचिब भुप नारायण घर्ति मगरले सँचालन गर्नुभएको उक्त वाशिङटन डिसी साहित्य सँगममा संस्थाका अध्यक्ष रामप्रसाद खनालले उपस्थित शाहअभागेए सबैलाई र यस कार्यक्रम श्रीँखलालाई सँयोजन गर्नुभएकोमा सल्लाहकार मन थापा मगर, महा सचिब भुप नारायण घर्ति मगर र सदस्य बिना घर्तिमगर लाई बिशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा जापानी नागरिक मिचिगोले जापानिज भाषाको गीत गाउनु भएको थियो ।    ।

कार्यक्रमका केही तस्वीरहरु आफै यसरी बोल्छन :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...