
हामी सबैलाई थाहाँ छ समयले कसैलाई पर्खिदैन, समय शक्तिवान् छ यो निरन्तर आफ्नै गतिमा अगाडी बढि रहन्छ । कसैले कुनै काम गर्दैमा वा नगर्दैमा समय रोकिदैन, आफ्नै गति र नियमानुसार अगाडी बढिरहन्छ । यो धर्तीको अस्तित्वको शुरुवात भए देखि अहिले सम्म समयले कहिल्यै आफ्नो ईमान्दारितामा छलकपट गरेको छैन तर हामी प्राणीहरु मध्ये सर्वोकृष्ट मानिने मानव जगतमा भने आफ्नो जिम्मेवारिता र ईमान्दारितामा कयौ पटक विचलन आएको पाउँछौ जसलाई सहजै मनन गर्न चाहदैनौ ।
हामी कतिपय अवस्थामा आफुले गर्नुपर्ने जिम्मेवारी सही ढंगबाट बहन गर्दैनौ र आफुले सोचे अनुसार नतिजा नआउँदा आफ्नो भाग्य एवं आफ्नो सहकर्मी, पारिवारिक सदस्य वा छरछिमेकी वा अरुलाई नै दोष थुपारेर आफु चोखो जलबाट मन्छिन चाहन्छौ जसरी धामीले बोक्सी, भुत, दोखदोखला वा पृत्ती जागेको भनेर सेतो र कालो कपडाको धजा बनाएर अंखोराबाट पानी निकालेर विरामीको टाउँको माथी राखेर विभिन्न मन्त्र उच्चारण गर्दै पानीको फेरो लगाएर केही पर दोबाटोमा लगेर राखिदिन्छन् वा स-साना रुखको हाँगामा बाँधिदिन्छन् अनि विरामीलाई आरम हुनेमा विश्वास दिलाउँछन् । अनि बिरामीले पनि विश्वास मान्छ र अर्को तर्फ वैद्य वा डाक्टरले सिफारिश गरेर खाएको औषधी सेवनबाट आफु ठिक भएको नमानी “धामी” ले मन्छाएको धजाको कारण आफु ठिक भएको दावी गर्दै अरुलाई पनि विरामी पर्दा धामीसँग उपचार गर्न जान सिफारिश गर्छ । यसको मतलव हामी सहि के गलत के छुट्टाउन सक्दैनौ अर्थात् कतिपय अवस्थामा धैर्यता गुमाउँछौ त कतिपय अवस्थामा जिम्मेवारी भुलेर अरुलाई प्रतिकूल नतिजाको भागीदार बनाउँछौ ।
हो हामी ” समय व्यवस्थापन ” को पाठ अरुलाई बढाउँछौ तर आफुले भने समयको महत्व र उपदेयिता ख्याल गर्दैनौ र कतिपय अवस्थामा हतारिदा काम बिगार्छौ र कतिपय अवस्थामा ढिलो गर्दा काम बिगार्छौ ” जसरी हतारमा ड्राईभभिंग गर्दा रेडलाईट मै अगाडी बढ्दा ठुलो दुर्घटना निम्ताउँछौ र कहिलेकाही ट्राफिक लाईटमा केन्द्रित नभए हरियो बत्ती बलिरहदा पनि धेरै समय रोकिएर बस्दा पछाडीको चालकबाट ” हर्नको आवाज ” सुनेपछि झस्यांग परेर अगाडी बढ्दा कार असन्तुलनमा वा बढि स्पिडिंग गरेर पुलिसको टिकट खान्छौ “। अत: तोकिएको समयमा तोकिएको काम ज़िम्मेवारी ढंगबाट सम्पादन हुनसक्नु नै सही समय व्यवस्थापन हुनसक्छ जसबाट नतिजा पनि सोचे अनुसार आउन सक्छ ।
यही समय सँग सम्बन्धित एउटा घटना भरिखरै( केही दिन पहिला) बेलायतको संसदमा घटेकोबारे एउटा न्युज पढ्ने मौका मिल्यो र यो सानो आलेख लेख्ने जमर्को गरे । वास्तवमा न्युजमा उल्लेख भए अनुसार ” बेलायतका एकजना मन्त्री संसदमा तोकिएको समय भन्दा २ मिनेट ढिला पुगे छन् र उनले आफु ढिला गएका कारण आफुले जवाफ दिनु पर्ने महत्वपुर्ण प्रश्नको लागी जिम्मेवार भुमिका निर्वाह गर्न नसकेको भन्दै १ मिनेटको क्षमायाचना सम्बन्धी शव्दहरु बोली आफ्नो मन्त्रीको पदबाट राजिनामा घोषणा गरि संसदबाट बाहिरिएछन् ” । यसरी संसदबाट बाहिरिने व्यक्ती लर्ड बेट्स थिए, उनी बेलायती संसदको माथिल्लो सदनका सदस्य एवं अन्तर्राष्ट्रीय विकास मामिला सम्बन्धी मन्त्री थिए । यो घटनाले के जनाउँछ भने राजनिती होस् या अन्य क्षेत्र हरेक क्षेत्रमा समयको परिपालन सहि ढंगबाट हुनुपर्छ । कुनै पनि योजना तर्जुमा गर्दा समय सम्बन्धी कार्ययोजना पनि समावेश गरिएको हुन्छ अर्थात् यति यति समयमा यो यो काम यस्तो यस्तो अवस्थामा पुरा गरिनेछ भन्ने पुर्वनिर्धारण बैज्ञानिक बिधी एवं वातावरणिय अवस्थालाई मध्यनजर राखि तय गरिएको हुन्छ । यसरी तर्जुमा गरिएको योजनालाई सफल पार्न आवस्यक बजेट छुट्टाएर कार्यान्वयन गर्ने आधार खडा गरिन्छ र तोकिएकै विधी एवं कार्यावधीलाई अनुसरण गरेमा तोकिएकै मापदण्ड र बजेटमा उपयुक्त ढंगबाट योजना पुरा भएर नतिजा सहिसलामत प्राप्त हुन्छ ।
बिडम्वनानै मान्नु पर्छ नेपालको सन्दर्भमा देशलाई सहि मार्गमा लैजान अगाडी बढिरहेका नेता र राजनितिक दलले कहिल्यै आफुले निर्धारित गरेको समयमा काम र योजना सफल पारेको कमै मात्र अवस्था छ । विगतको धेरै लामो अवस्थालाई नहेरी केवल वि.सं.२०६३ पछिको घटनाक्रम पछाडी नेपालमा आएको नयाँ राजनैतिक परिवर्तनबाट स्थापित” संघिय लोकतान्त्रिक गणतन्त्रात्मक सरकार ” हरुका गतिविधी हेर्दा न तोकिएको समयमा संविधान बन्यो न त भुकम्पबाट पिडित सर्वसाधरणले नै समयमा गाँस, बास र कपासको व्यवस्था अनुभुत गर्न सके । त्यतिका धेरै विदेशी दाताहरुको सहयोग र सद्भावलाई माटोमा मिलाउने काम भयो र पिडितले पाउने सुविधाको हुनसम्म दुरुपयोग विभिन्न निकाय, राजनितिक नेताहरु, व्यक्तीहरु, संघसंस्थाहरुबाट भयो जसको बयान गर्ने हो भने एउटा ठुलो महाभारतको पुस्तकनै खडा हुन्छ । त्यस्तैगरि विभिन्न समयमा राजनैतिक दलहरु वीच हुने आपसी सहमतीका दस्तावेजहरु कहिल्यै कार्यान्नयन भएको पाईएन । अर्को तर्फ कलाकारिता क्षेत्रमा लागेका “सिताराम कट्टेल( ध्रुमुश) र कुञ्जना घिमिरे( सुन्तली ) ” ले भने ” ध्रुमुश सुन्तली फ़ाउण्डेशन ” स्थापना गरेर निरन्तर रुपमा खटिएर सर्वसाधरणहरुबाट सहयोग जुटाएर कयौ बस्ती निर्माण/खडा गरि सर्वसाधरणको दर्दानक घाउँमा निको हुनेगरि मलमपट्टी लगाउने काम गरेका छन् जसको लागी जतिसुकै नमन गरेपनि कमै हुन्छ । कम्तिमा उनीहरुको पवित्र कामबाट राज्यले केही त सिक्नु पर्ने हो तर निर्लज्ज अवस्थामा जनतालाई झुट्टा र कपोकल्पित आश्वासनको पोको बाँड्न खप्पिस ध्रुत नेताहरु र राजनैतिक दललाई यस्तो उदाहरणहरु ” भालुलाई पुराण ” सुनाए सरह छ भन्दा कुनै आपत्ती नहोला ।
यस्तैगरि राजनैतिक दलको पुच्छर बनेर कपोकल्पित समाचार र राजनैतिक दलको भजन गाउने पत्रकार र लेखक भनौदाहरुलाई समेत यतिवेला ” साँचो र यथार्थ समाचार जनता समक्ष पेश गर्न अहोरात्र खटिएर लागीपरेका रवि लामिछानेहरु ” भालुको कम्पड जस्तो लागिरहेको हुनुपर्छ किनकी नेताको गोजीबाट चल्ने कतिपय पत्रिका, अनलाईन र पत्रकार एवं लेखकहरुले सत्य ओकल्न कहिल्यै सकेनन् बरु नेताका गल्ती ढाकछोप गर्ने, भ्रष्ट नेता, कर्मचारीबाट ” हप्ता/घुष” लिएर उनीहरुकै गुनगान गाउन खप्पिस हुनेहरुको धन्दा चौपट भएको छ । तसर्थ रविहरु यिनको लागी सधैका लागी विदेशिए हुने थियो, कुनैपनि हालत र बहानामा नारायण श्रेष्ठहरु, प्रेम बानियाँहरु नेपाल नफर्किए हुने थियो भनि याचना गर्नेहरुको पनि कमि छैन किनकी उनीहरुको पुर्खौली पेशामा संकट आउन सक्छ, सर्वसाधरणमा चेतनाको लहर आउन सक्छ र आफुहरु बहिस्कृत हुन सकिन्छ भन्ने ठुलो डर छ उनीहरुमा तर ईमानको शव्दहरु ओकल्ने केही थान पत्रकारहरु, लेखकहरु भने यिनीहरुको काम देखेर आफुहरु पनि प्रोत्साहित भएको अभिव्यक्ति दिएको पाईन्छ । जे होस्, मिडिया , राजनैतिक, व्यापारिक, कर्मचारीतन्त्र, न्यायपालिका लगायत हरेक क्षेत्रमा सत्य र ईमान हुनुपर्छ । साथै समयमै तोकिएकै अवस्थामा काम हुनुपर्छ नत्र ईमान्दारितामा संकट देखापरि कुनै पनि काम सही ढंगबाट समयमै हुनसक्दैन ।
अत: समयको नियम सबैले परिपालन गरि सबै क्षेत्रमा जिम्मेवार हुन सिकौ तव मात्र आफु, परिवार, समाज र राष्ट्र सवल एवं सक्षम बन्न सक्छ ।
No comments:
Post a Comment