
हरेक ४ बर्षमा आयोजना हुने हिउदे ओलम्पिकमा यस पटक पूर्व सम्पन्न भएका ओलम्पिकलाई उछिन्दै खेलाडीहरू अत्यधिक परिवार नियोजनका साधन वितरण गरिएको समाचार आएको छ l
आगामी फेब्रुअरी ९ तारिख शुक्रबार दक्षिण कोरियामा शरद ओलम्पिक हुदैछ भने उक्त खेलमा उत्तर कोरिया पनि सहभागी हुने भएको छ l दक्षिण कोरियाको प्योङ्गचांग ओलम्पिक रंगशालामा हुने छ l
समुद्घाटन समारोह बिहान ६ बजे देखि ८ बजे बिहान हुने छ l प्योङ्गचांग ओलम्पिकले पुराना सवै किर्तिमानलाई तोड्दै सर्बाधिक रुपमा अस्थाई परिवार नियोजन का साधन वितरण गर्न सफल भएको छ l बिशेष पुरुषले प्रयोग गर्ने गर्भ निरोधक आवरण अस्थाई परिवार नियोजनका साधन बाढिएको समाचार युपीआईले लेखेको छ l
अस्थाई परिवार नियोजनका साधन बनाउने स्थानीय निर्माण कर्ताले एक लाख सवै खेलाडीहरु लाई वितरण गरेको छ भने एड्स रोकथाम नियन्त्रण गर्ने कोरियन संस्थाले थप १० हजार अस्थाई परिवार नियोजनक साधन वितरण गरेको जनाएको छ l
सन् २०१० भ्यानकुबर तथा सन् २०१४ सोचीमा सम्पन्न भएको हिउदे ओलम्पिक भन्दा १० हजार ज्यादा बितरण गरेको छ l एक जना लाई ३७ वटा गर्भ निरोधक आवरण वितरण गरिएको छ भने जम्मा २ हजार ९ सय २५ खेलाडीहरु को सहभागिता हुने छ l
No comments:
Post a Comment