Tuesday, February 27, 2018

सुश्रिको सम्पतिको छायांकन आज बाट, यसरि गरियो शुभ मुर्हत -भिडियो हेर्नुस्

पोखरा, १५ फाल्गुन।
रङ पत्रकार सुव्रत आचार्यको  निर्देशनमा तयार हुने ‘सुश्री सम्पति’को  मङ्गलबार शुभ मुर्हत गरिएको छ । पोखरा स्थित विन्ध्यावासिनी मन्दिरमा विविध पुजा गरि चलचित्रको छायांकन सुरु गरेको हो।
सलोन बस्नेत, सारा सेर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगाएतले अभिनय गर्ने उक्त चलचित्रमा प्रियंका कार्की अतिथिको विषेस भूमिकामा देखिने छ।
चलचित्र ‘अर्धकट्टी’ बाट निर्देशनमा डेब्यु गरेका पत्रकार सुव्रत आचार्यको यो दोश्रो चलचित्र हो। पुजा लगत्तै पत्रकारहरु संग कुरा गर्दै फ़िल्म कमेडी फ्लेवरको रहेको र एक सम्पन्न युवतीको कथालाई मुख्य विषय बस्तु बनाएको निर्देशक आचार्यले बताए।
अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद र अभिमन्यूकै पटकथामा बन्न लागेको चलचित्रको कथा निर्देशक आफैँले लेखेका हुन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’लाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले संयुक्त रुपमा निर्माण गदैैछन् ।
चलचित्रमा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन रहनेछ ।
भिडियो हेर्नुस् 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...